२०८२ मंसिर ८ गते सोमवार
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४६९ जना कोभिड–१९ संक्रमित थपिएका छन् । १० हजार २८७ वटा स्वाब नमुनाको परीक्षण गर्दा ४६९ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोभिड–१९ संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ४२७ पुगेकोे छ । यो अवधिमा ५५५ जना संक्रमणमुक्त भएका छन् ।
हाल नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या नौ हजार १७४ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij