Logo

२०८२ मंसिर ८ गते सोमवार

२०८२ मंसिर ८ गते सोमवार

यी हुन् २१ बर्षीय युवती जसले कमाउँछिन् मासिक ८५ लाख, यस्तो छ उनको संघर्षमय यात्रा

यी हुन् २१ बर्षीय युवती जसले कमाउँछिन् मासिक ८५ लाख, यस्तो छ उनको संघर्षमय यात्रा


  • 4.6K
    Shares

    यी हुन् २१ बर्षीय युवती जसले कमाउँछिन् मासिक ८५ लाख, यस्तो छ उनको  संघर्षमय यात्रा
    images

    काठमाडौं । एक युवतीले २१ वर्षको उमेरमै जागिर छोडेर रिटायर भएको बताएकी छिन् । रिटायर भएपछि उनले यस्तो व्यवसाय सुरु गरिन् कि अहिले उनी लाखौं रुपैयाँ कमाउँछिन् । यी युवतीको नाम लिली जारेम्बा हो । उनले टिकटकमा आफ्नो सफलताको कथा शेयर गरेकी छिन् ।

    द सनको रिपोर्टअनुसार मध्यम वर्गीय परिवारकी २१ वर्षकी लिली जारेम्बाले युनिभर्सिटीको पढाइ छोडेर जागिर गर्न थालेकी थिइन् । लिलीले १९ वर्षको उमेरमा एक रेष्टुरेन्टमा काम गरिन् । त्यहाँ उनले सरसफाइ पनि गर्नु पर्थ्यो । तर, छिटै लिली जागिरबाट थाकिन् र उनले जागिर छोड्ने निर्णय गरिन् । यही क्रममा लिलीले वित्तिय शिक्षा दिने कम्पनीबारे थाहा पाइन् ।

    लिलीले यो कम्पनीबाट लगानीको स्मार्ट तरिका सिकिन् । यो तरिकाले अगाडि उनको जीवन बदलिदियो । लिलीले जागिर गर्दागर्दै उक्त कम्पनीबाट लगानी गर्ने तरिकाबारे विस्तारमा सिकिन् । जब यो कोर्स पूरा भयो त्यसपछि उनले जागिर छोडिन् । त्यसपछि लिलीले स्टक, क्रिप्टो बजार र आर्टिफिशियल इन्टेलिजेन्स आदिमा लगानी गरिन् । यस क्रममा उनले अरुलाई लगानी गर्ने तरिका सिकाएर पनि धेरै पैसा कमाइन् ।

    विस्तारै यसलाई उनले आफ्नो व्यवसाय बनाइन् र अहिले केवल कमिशनकै भरमा उनी सुविधासम्पन्न जीवन बाँचिरहेकी छिन् । लिली मानिसहरुलाई लगानीको टिप्स दिएको बदलामा पैसा लिन्छिन् । साथमा उनी आफ्नो पैसा पनि लगानी गर्छिन् र नेटवर्क मार्केटिङ गर्छिन् । लिली अहिले महिनामा ५२ हजार पाउण्ड अर्थात ८५ लाख रुपैयाँसम्म कमाउँछिन् ।

    प्रकाशित मिति :कार्तिक १६ २०७८ मंगलवार - १४:३९:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij