Logo

२०८२ मंसिर ८ गते सोमवार

२०८२ मंसिर ८ गते सोमवार

तिहारमा घर जाने यात्रुलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु, काठमाडौंमा कहाँ लगाइँदैछ ?

तिहारमा घर जाने यात्रुलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु, काठमाडौंमा कहाँ लगाइँदैछ ?


  • 4.0K
    Shares

    तिहारमा घर जाने यात्रुलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु, काठमाडौंमा कहाँ लगाइँदैछ ?
    images

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तिहारमा घर जाने यात्रुलाई मंगलबारदेखि कोरोना भाइरसविरुद्धको खोप लगाउन थालेको छ।

    स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालले चाडपर्वमा घर जाने यात्रुलाई लक्षित गरी  गोगंबु बसपार्क, कङ्लकी, बल्खु र कोटेश्वरमा मंगलबारदेखि खोपको पहिलो मात्रा दिन थालिएको जानकारी दिए। 

    उनका अनुसार मंगलबार बिहानैदेखि ती ठाउँमा घर जाने यात्रुलाई खोप दिइरहेको छ। बिहान ७ बजेदेखि साँझ ७ बजे खोप प्रदान गरिने छ। जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख शम्भु काफ्लेले खोप लगाउनका लागि रेडक्रसका स्वम्सेवक परिचालन गरिएको बताए। 

    'बसपार्कको टिकट काउन्टरमा गई स्वयसेवकले खोप लगाउन यात्रुलाई अनुरोध गर्नेछन्', उनले भने, 'अनि ती घर जान लागेका यात्रु नजिकैको खोप केन्द्रमा गई खोप लगाउने छन्।' उनले अहिले ५०० मात्रा चारै वटा खोप केन्द्रमा पठाइएको र आवश्यकता अनुसार खोप उपलब्ध गराउने जानकारी दिए।

    भेरोसेल र एस्ट्राजेनिका खोप यात्रुलाई प्रदान गरिने छ। पहिलो मात्रा दिइसकेको ती यात्रुलाई घरबाट फर्केपछि दोस्रो मात्राको खोप प्रदान गरिने छ। खोप आज र भोलि प्रदान गरिने छ।

    प्रकाशित मिति :कार्तिक १६ २०७८ मंगलवार - १२:१०:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij