Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

वर्षा र बाढीले ४१ करोड ६१ लाख बराबरको क्षति

वर्षा र बाढीले ४१ करोड ६१ लाख बराबरको क्षति


  • 5.8K
    Shares

    वर्षा र बाढीले ४१ करोड ६१ लाख बराबरको क्षति

    विराटनगर ।  कात्तिकको पहिलो सातापरेको वर्षा र बाढीले मोरङमाकूल रु ४१ करोड ६१ लाख बराबरको क्षति भएको छ । यहाँका चार नदीको बाढीले अत्यधिक क्षति पु¥याएको हो । 

    कोशी बक्राहा नदी व्यवस्थापन आयोजनाका अनुसार वर्षा र बाढीले बक्राहामा तीन हजार ३७० मिटर कटान गर्दा रु१६ करोड ८६ लाखको नोक्सानी भएको छ । लोहन्द्रा नदीमा तीन हजार २५० मिटर कटान गरी रुआठ करोड २५ लाख,चिस्याङ खोलामा तीन १५ मिटर कटान गरी रु१२ करोड ६ लाख र दसबरहा नदीमा एक हजार ११० मिटर कटान गरी रु चार करोड ४४ लाख बराबरको क्षति भएको आयोजना प्रमुख कैलाश श्रेष्ठले जानकारी दिए।

    यी नदीमा समयमै नियन्त्रण र तटबन्धको काम भएन भने आउने वर्षा एवं मनसुनको समयमा थप जनधनको क्षति भई नदी क्षेत्र र आसपासका बासिन्दाले नोक्सानी व्यहोर्नुपर्नेश्रेष्ठले बताए । कोशीसहित पाँचनदी व्यवस्थापनका लागि स्थापना गरिएको उक्त आयोजनाले प्रारम्भदेखि नै अध्ययन गरी काम गर्दै आएको थियो । काम गर्न पर्याप्त बजेट अभाव भएको आयोजनाका इञ्जीनियर कृष्ण खतिवडाले बताए । 

    यसैगरी चालु आवका लागि बक्राहामा ६ स्थानमा रुचार करोड ६६ लाख ६६ हजार, चिस्याङखोलामा एक स्थानमा रुएक करोड एक लाख चार हजार, लोहन्दा नदीमा एक स्थानमा रु५० लाख ९७ हजार र दंसबक्राहा नदीमा रु८३ लाख ३९ हजार बराबरको नदी नियन्त्रण एवं व्यवस्थापनको काम भइरहेको खतिवडाले जानकारी दिए ।

    वर्षा र बाढीका कारण सुनसरी र मोरङ औद्योगिक करिडोरअन्तर्गत ४१ उद्योगमा रु दुई अर्ब ४७ करोड ८९ लाख आठ हजार बराबरको क्षति भएको उद्योग सङ्गठन मोरङले जनाएकोछ ।मेसिन औजारतर्फ रु९८ करोड १७ लाख १८ हजार, कच्चा मालवस्तुतर्फ रु७१ करोड २५ लाख ७० हजार, तयारी वस्तुतर्फ रु७६ करोड चार लाख पाँच हजार र सरसफाइ तथा फोहर व्यवस्थापनतर्फ रु एक करोड ७१ लाख ६५ हजार बराबरको क्षति भएको छ ।

    यस्तै वर्षा र बाढीले चतरा मूल नहरको चारस्थानमा र २० शाखाअन्तर्गत १४ स्थानमा नहर भत्किँदा करिब रु१० करोडको क्षति भएको सुनसरी मोरङ सिँचाइ आयोजनाका प्रमुख भीलानन्द यादवले जानकारी दिए । बाढीपहिराका कारण प्रदेशमा ७२ जनाले ज्यान गुमाएका थिए । बाह्र जना बेपत्ता, ४० घरमा पूर्णरूपमा क्षति, एक हजार ८२५ घरमा आंशिक क्षति, १० हजार हेक्टर जग्गामा लगाइएको धानबाली नष्ट तथा झण्डै ५० हजार हेक्टर जग्गामा लगाइएको धानबालीमा आंशिक क्षति पुगेको बताइएको छ । 

    प्रकाशित मिति :कार्तिक १६ २०७८ मंगलवार - ११:२३:५९ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij