Logo

२०८२ मंसिर ८ गते सोमवार

२०८२ मंसिर ८ गते सोमवार

नेपाली र अमेरिकी सेनाबीच सैन्य अभ्यास सुरु, कति अमेरिकी सेना आए नेपाल ?

नेपाली र अमेरिकी सेनाबीच सैन्य अभ्यास सुरु, कति अमेरिकी सेना आए नेपाल ?


  • 5.7K
    Shares

    नेपाली र अमेरिकी सेनाबीच सैन्य अभ्यास सुरु, कति अमेरिकी सेना आए नेपाल ?
    images

    काठमाडौँ । नेपाल र अमेरिकी सेनाबीचको सैन्य अभ्यास सुरु भएको छ । छाउनीस्थित रेन्जर गणमा नेपाल र अमेरिकी सेनाबीचको सैन्य अभ्यास सोमबारबाट सुरु भएको हो ।

    नेपाली सेनाको विशेष फौज बाहिनीका बाहिनीपति सहायक रथी ध्रुव प्रकाश शाहले उक्त सैन्य अभ्यासको सुभारम्भ गरेका हुन् ।

    सो समारोहमा नेपालस्थित अमेरिकी दूतावासका ‘अफिस अफ डिफेन्स को(अपरेशन (ओडीसी)का प्रमुखलगायतका सैन्य अधिकारीहरुको उपस्थित रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

    मंसिर १४ सम्म चल्ने सैन्य अभ्यासमा नेपाली सेनाका ५० र अमेरिकी सेनाका २० जना विशेष फौजको सहभागिता रहेको छ । नेपाली र अमेरिकी सेनाबीचको सैन्य अभ्यास काठमाडौं, पोखरा र अन्नपूर्ण वेश क्याम्पमा हुनेछ।

    सैन्य अभ्यास पानी र हिमाली क्षेत्रमा गरिने उद्दारमा केन्द्रीत हुनेछ । नेपाली र अमेरिकी सेनाबीच जल र उच्च पहाडी तथा हिमाली क्षेत्रमा खोज तथा उद्दारका विषयमा अभ्यास हुनेछ । अमेरिकी सेनाहरुले मुख्यतः पानी र हिमाली क्षेत्रमा फसेकाहरुलाई कसरी उद्दा गर्ने भन्ने विषयमा नेपाली सेनालाई प्रशिक्षित गर्नेछ।

    प्रकाशित मिति :कार्तिक १५ २०७८ सोमवार - १४:३३:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij