Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

दक्षिण अफ्रिकामा कोरोना संक्रमित : १० लाख नाघे

दक्षिण अफ्रिकामा कोरोना संक्रमित : १० लाख नाघे


  • 7.2K
    Shares

    दक्षिण अफ्रिकामा कोरोना संक्रमित : १० लाख नाघे
    images

    दक्षिण अफ्रिकामा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या १० लाख नाघेको छ । आइतबार दक्षिण अफ्रिकाका स्वास्थ्यमन्त्री जेवेली मखाइजले मुलुकमा कोरोना संक्रमितको संख्या १० लाख नाघेको घोषणा गरेका हुन् ।

    दक्षिण अफ्रिकामा  नयाँ प्रकारको कोरोना (भेरियन्ट) देखिएको केही दिनमा नै कोरोना संक्रमितको संख्या  १० लाख नाघेको हो । पछिल्लो केही दिनयता दक्षिण अफ्रिकामा उल्लेख्य मात्रामा कोरोना संक्रमित थपिएका छन् ।

    दक्षिण अफ्रिकामा बढ्दो संक्रमण नियन्त्रणको लागि राष्ट्रपति सिरिल रामापोसाले थप प्रतिबन्धका नियम सार्वजनिक गर्ने अपेक्षा गरेका छन्  । गत साता दक्षिण अफ्रिकामा दैनिक ११ हजार कोराना संक्रमित फेला परेका थिए यो संख्या अघिल्लो एक साताको तुलनामा ३९ प्रतिशतले  वृद्धि भएको छ । बुधबारदेखि शुक्रबारसम्ममा भने दैनिक नयाँ संक्रमितको संख्या १४ हजार नाघेको छ ।

    दक्षिण अफ्रिकामा देखिएको नयाँ प्रकारको कोरोनाको कारण संक्रमितको संख्या पनि  बढ्दै गएको छ । दक्षिण अफ्रिकामा कोरोनाको नयाँ संक्रमण देखिएसँगै दक्षिण अफ्रिकामाथि केही मुलुकहरुले यातामा प्रतिबन्ध लगाएका छन् ।

    दक्षिण अफ्रिका, अफ्रिकी महादेशमा कोरोनाबाट सबैभन्दा धेरै प्रभावित मुलुक हो । अहिलेसम्म दक्षिण अफ्रिकामा कोरोनाबाट २६ हजार ७३५ जनाको मृत्यु भइसकेको छ ।

     

    प्रकाशित मिति :पौष १३ २०७७ सोमवार - १२:४७:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij