Logo

२०८२ मंसिर ८ गते सोमवार

२०८२ मंसिर ८ गते सोमवार

शिवम् सिमेन्ट्सको साधारणसभा भोलि, २९ प्रतिशत लाभांश पारित गर्ने मुख्य एजेण्डा

शिवम् सिमेन्ट्सको साधारणसभा भोलि, २९ प्रतिशत लाभांश पारित गर्ने मुख्य एजेण्डा


  • 4.5K
    Shares

    शिवम् सिमेन्ट्सको साधारणसभा भोलि, २९ प्रतिशत लाभांश पारित गर्ने मुख्य एजेण्डा
    images

    काठमाडौं ।  शिवम् सिमेन्ट्सको साधारणसभा भोलि मंगलबार बस्ने भएको छ । शिवम्‌ले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई करसहित २९ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्न सोल्टी होटल सोल्टीमोड काठमाडौंमा बिहान १० बजे सभा आह्वान गरेको हो । कोरोनाका कारण सभा भर्चुअल माध्यमबाट पनि सञ्चालन हुने कम्पनीले जनाएको छ ।

     शिवम सिमेन्ट्सले दिन लागेको यो अहिलेसम्मकै धेरै लाभांश हो । गत वर्ष कम्पनीले सेयरधनीलाई २४ दशमलव २१ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।  सभामा आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदनमा छलफल हुनेछ । सोही आर्थिक वर्षको नाफारनोक्सान, नगद प्रवाहलगायतको विषयमा छलफल गर्ने एजेन्डा छ ।

    कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनार्थ ८ कात्तिकमा बुक क्लोज गरेको छ । यसअनुसार ७ कात्तिकसम्म नेप्सेमा कायम सेयरधनीले लाभांश सुरक्षित गरेका छन् । 

    प्रकाशित मिति :कार्तिक १५ २०७८ सोमवार - ११:४७:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij