२०८२ माघ १० गते शनिवार
काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले आज सोमबार बिहान ८ बजे दिएको जानकारीअनुसार हाल अहिले कोसी प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा छ। तराईका थोरै स्थानमा हुस्सु लागेको छ।
मौसम महाशाखाले आजसमेत ३ दिनको सम्भावित मौसमबारे यस्तो प्रक्षेपण गरेको छः
मंसिर ८ गते (सोमबार)
दिउँसोः कोसी प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोसी प्रदेशका हिमाली भूभागका एक(दुई स्थानमा हल्का वर्षारहिमपात हुने सम्भावना छ।
रातिः कोसी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।
मंसिर ९ गते (मंगलबार)
दिउँसोः कोसी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।
रातिः देशभर मौसम मुख्यतया सफा रहने छ।
मंसिर १० गते (बुधबार)
दिउँसोः कोसी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।
रातिः देशभर मौसम मुख्यतया सफा रहने छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij