२०८२ मंसिर ८ गते सोमवार
टीकापुर नगरपालिका वडा न ८ कालिमाटीमा खुकुरी प्रहारबाट एक बालककाे ज्यान गएकाे छ । टीकापुर नगरपालिका वडा न ८ कमलगाउँका १७ बर्षिया बालक अनुप साउँदकाे खुकुरी प्रहारबाट ज्यान गएकाे हाे ।
राति करिब साढे ८ बजे तिर डिजेमा नाच्ने बेलामा सामान्य विवाद भएको र साेहि बेला भजनी नगरपालिका वडा न ३ ठेकिपुर का किरण साउँदले प्रहार गरेकाे खुकुरीबाट अनुपकाे ज्यान गएकाे कालाकुण्डा प्रहरी चाैकिका प्रहरी नायब निरिक्षक राजेन्द्र कार्कीले जानकारी दिए ।
केही समय अगाडि मात्रै विवाह गरेका अनुपका साथीहरु पनि थिए पार्टीमा। इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले भने, ‘अधिकांशले मा’द’क प’दा’र्थ सेवन गरेका रहेछन्। सोही ठाउँका हरि साउदले नाच्दा अनुप लगायतका युवाहरुले हासेर गिज्याएको भन्दै विवाद सुरु भएको रहेछ।’
नृत्यमा हासेको भन्दै अनुप र हरिका साला नाता पर्ने भजनी नगरपालीका वडा नम्बर ३ ठेकीपुरका किरण साउदबीच कुटाकुट भएको बताए। ‘कुटाकुट हुन थालेपछि ठेकीपुरका किरण साउदले अनुपलाई चक्कु प्रहार गरेको खुलेको छ।’
खुकुरी प्रहारबाट आन्द्रा बाहिर निस्केकाे र उपचारका लागि टीकापुर अस्पताल लगिएको र उपचारका क्रममा नै ज्यान गएकाे प्रहरीले जानकारी दिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij