Logo

२०८२ मंसिर ८ गते सोमवार

२०८२ मंसिर ८ गते सोमवार

आज देखि प्रधानन्यायाधीशविरुद्ध बार एशोसिएसनले आन्दोलन गर्ने, यस्ता छन् कार्यक्रम ?

आज देखि प्रधानन्यायाधीशविरुद्ध बार एशोसिएसनले आन्दोलन गर्ने, यस्ता छन् कार्यक्रम ?


  • 6.7K
    Shares

    आज देखि प्रधानन्यायाधीशविरुद्ध बार एशोसिएसनले आन्दोलन गर्ने, यस्ता छन् कार्यक्रम ?
    images

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै नेपाल बार एशोसिएसनले सर्वोच्च अदालतमा आज (आइतबार) बाट विरोधका कार्यक्रम सुरु गर्ने भएको छ ।

    एशोसिएसनले आज बिहान १० बजेदेखि ११ बजेसम्म तीन दिन कालोपट्टी बाँधेर सर्वोच्च अदालतमा विरोधको कार्यक्रम गर्न लागेको हो ।

    एशोसिएसनका महासचिव लीलामणि पौडेलका अनुसार प्रधानन्यायाधीश जबराले विकृति, विसंगति, भ्रष्टाचार रोक्न नसकेको र न्यायपालिकाको स्वच्छता, गरिमा कायम राख्न नसकेको भन्दै नेपाल बार एशोसिएसनले उनको राजीनामा माग गरेको हो ।

    १६ गतेसम्म पनि राजीनामा नआए विरोधका थप कार्यक्रम घोषणा गर्ने नेपाल बारले जनाएको छ । यही कात्तिक १२ गते बसेको बारको बैठकले जबरालाई प्रधानन्यायाधीश पदबाट राजीनामा दिन पाँच दिनको समयसीमा दिने निर्णय गरेको थियो ।

    प्रकाशित मिति :कार्तिक १४ २०७८ आइतवार - ११:४१:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij