Logo

२०८२ मंसिर ८ गते सोमवार

२०८२ मंसिर ८ गते सोमवार

आजपाले काठमाडौं उपत्यकाका १५ वटै निर्वाचन क्षेत्रमा चुनावी कमाण्डर तोक्यो

आजपाले काठमाडौं उपत्यकाका १५ वटै निर्वाचन क्षेत्रमा चुनावी कमाण्डर तोक्यो


  • 358
    Shares

    आजपाले काठमाडौं उपत्यकाका १५ वटै निर्वाचन क्षेत्रमा चुनावी कमाण्डर तोक्यो
    images

    काठमाडौं । आम जनता पार्टी (आजपा)ले काठमाडौं उपत्यकाको १५ वटै निर्वाचन क्षेत्रमा चुनावी कमाण्डर तोक्दै निर्वाचनको आन्तरिक तयारीमा होमिएको छ । 

    काठमाडौं उपत्यका विशेष कमिटीको बसेको सचिवालय बैठकले काठमाडौं, ललितपुर र भक्तपुरको १५ वटै निर्वाचन क्षेत्रमा इन्चार्ज र संयोजकको जिम्मेवारी तोक्दै निर्वाचनको तयारीमा जुटेको हो । आजपाको प्रतिनिधि सभाको निर्वाचनमा सहभागिताका लागि दल दर्ता गराइसकेको छ ।  

    आजपाद्धारा घोषित संघर्ष एवं आन्दोलनका कार्यक्रम सहित निर्वाचनमा पनि सहभागि हुने आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले बताएका छन् ।  निर्वाचनबाट पछाडि हटनुपर्ने कुनै कारण नभएको बताउँदै उनले निर्वाचनमा सहभागि भएर ताजा जनादेश सहित राजनीतिक दलहरु अगाडी बढनुपर्ने उनले बताएका छन् । 

    आजपा प्रवक्ता एवं उपत्यका विशेष कमिटीका इन्चार्ज चन्द्रभुषण साहले काठमाडौं उपत्यकाको १५ वटै निर्वाचन क्षेत्रमा पार्टीले उम्मेदवारी उठाउने बताएका छन् ।  बैठकले त्यसको आन्तरिक तयारीका लागि कमाण्डर तोकिएको उनले जनाएका छन् ।  

    काठमाडौं क्षेत्र नं. १ को इन्चार्जमा अमर लिम्बु, संयोजकमा रामनारायण शाह, क्षेत्र नं. २ मा इन्चार्ज कालबहादुर विक, संयोजकमा एमडी सत्तार, क्षेत्र नं. ३ मा इन्चार्ज वीरवल यादव, संयोजकमा उमेश शाह, क्षेत्र नं. ४ मा इन्चार्ज मिना देवी, संयोजकमा कृष्ण यादव, क्षेत्र नं. ५ मा इन्चार्ज सरोज श्रेष्ठ, संयोजकमा जोगेन्द्र यादव, क्षेत्र नं. ६ मा इन्चार्ज सुभाष साह र संयोजकमा कोशिला साह रहेका छन् । 

    ललितपुर क्षेत्र नं. १ मा इन्चार्ज सिमा जयसवाल, संयोजकमा उपेन्द्र रौनियार, क्षेत्र नं. २ मा इन्चार्ज उपेन्द्र साह, संयोजक इन्दल साह, क्षेत्र नं. ३ मा इन्चार्ज देवेन्द्र ठाकुर र संयोजकमा प्रदिप विक्रम शाह रहेका छन् । यसैगरी भक्तपुर क्षेत्र नं. १ मा इन्चार्ज लखिन्दर साह, संयोजकमा नरेश खड्की र क्षेत्र नं. २ मा इन्चार्ज देवकुमारी साह, संयोजकमा सुमि धिमाललाई बैठकले जिम्मेवारी तोकिएको छ ।

    यसैगरी, काठमाडौं क्षेत्र नं. ७ इन्चार्ज उदयचन्द्र प्रसाद, संयोजकमा श्रीकिशुन बैठा, क्षेत्र नं. ८ मा इन्चार्ज अनु कुमारी, संयोजकमा सनत भट्टराई, निर्वाचन क्षेत्र नं. ९ मा इन्चार्ज रामेश्वर उपाध्याय, संयोजकमा काइला महर्जन र क्षेत्र नं. १० मा इन्चार्ज रविन्द्र सिंह तथा संयोजकमा रविन्द्र उपाध्यायलाई जिम्मेवारी तोकिएको प्रवक्ता साहले जनाएका छन् ।
     

    प्रकाशित मिति :मंसिर ८ २०८२ सोमवार - ११:४३:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij