Logo

२०८२ मंसिर ८ गते सोमवार

२०८२ मंसिर ८ गते सोमवार

एमाले केन्द्रीय कमिटी बैठक शुरू, यी दुई एजेण्डामा निर्णय लिइने

एमाले केन्द्रीय कमिटी बैठक शुरू, यी दुई एजेण्डामा निर्णय लिइने


  • 4.6K
    Shares

    एमाले केन्द्रीय कमिटी बैठक शुरू, यी दुई एजेण्डामा निर्णय लिइने
    images

    काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक शुरू भएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बैठक शुरू भएको हो । 

    केन्द्रीय कमिटी बैठकमा वडा र पालिका अधिवेशनको रिपोर्टिङ र समीक्षा हुने एजेण्डा रहेको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए । त्यसबाहेक, आजको बैठकमा बिहीवारको स्थायी कमिटी बैठकले गरेको निर्णयको अनुमोदन गर्नेछ । 

    नेकपा एमालेको स्थायी कमिटी बैठकले आगामी १०औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको मापदण्ड र संख्या निर्धारण गरेको छ ।

    स्थायी कमिटीले बैठकले १५ सय ३६ जना प्रतिनिधि सहभागी हुने निर्णय गरेको प्रवक्ता तथा सचिव प्रदीप ज्ञवालीले जानकारी दिए । कुल संख्यामध्ये १ हजार १९६ प्रतिनिधि भूगोलबाट चुनिएर आउने जनाइएको छ ।

    एमालेले हरेक निर्वाचन क्षेत्रबाट ३३ प्रतिशत अर्थात् ३ जना महिला सहभागी हुने गरी मापदण्ड बनाएको एमाले प्रवक्ता ज्ञवालीले बताए । महाधिवेशन प्रतिनिधिमा ४९ प्रतिशत संख्या खुला र ५१ प्रतिशत समावेशी प्रतिनिधि निर्वाचित हुने ज्ञवालीले जानकारी दिए ।

    एमालेको मंसिर १० देखि १३ सम्म चितवनमा दशौं राष्ट्रिय महाधिवेशन आयोजना गर्न लागेको छ । एमालेले अहिले सम्पूर्ण ध्यान महाधिवेशन आयोजनामा केन्द्रित गरेको छ । 

    प्रकाशित मिति :कार्तिक १२ २०७८ शुक्रवार - १२:५३:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij