२०८२ मंसिर ८ गते सोमवार
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत सोमबारको पहिलो खेलमा विराटनगर किङ्सले साबिक विजेता जनकपुर बोल्टसलाई ९ रनले पराजित गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर १३६ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२६ रन बनाएको हो ।
यो विराटनगरको तीन खेलमा लगातार तेस्रो जित हो । विराटनगरले यसअघि काठमाडौं गुर्खाज र पोखरा एजेन्जर्सलाई पराजित गरेको थियो । साबिक विजेता जनकपुरले दोस्रो खेलसम्म आइपुग्दा जित हात पार्न सकेको छैन । यसअघि यो टिमले काठमाडौंसँग हारेको थियो ।
विराटनगरको जितका लागि कप्तान सन्दीप लामिछानले सर्वाधिक चार विकेट लिए । उनले ओपनर लाहिरु मिलन्था र कप्तान अनिल शाह महत्त्वपूर्ण विकेटसमेत लिए । सूर्य तामाङ ओपनर आशिफ शेख र सञ्जय कृष्णमूर्ति महत्त्वपूर्ण विकेट लिए । मर्चेन्ट डे लाङ्गे र शुभम रञ्जनेले समान एक-एक विकेट लिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij