Logo

२०८२ मंसिर ८ गते सोमवार

२०८२ मंसिर ८ गते सोमवार

शेयर बजारले दियो वृद्धिलाई निरन्तरता, कारोबार रकम पनि बढ्यो

शेयर बजारले दियो वृद्धिलाई निरन्तरता, कारोबार रकम पनि बढ्यो


  • 295
    Shares

    शेयर बजारले दियो वृद्धिलाई निरन्तरता, कारोबार रकम पनि बढ्यो
    images

    काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार पनि शेयर बजार भारी अंकले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ५०.४४ अंकले बढेर २,६५० को विन्दुमा कायम भएको छ । 

    आज २१५ कम्पनीको शेयर मूल्य बढेको छ भने ३७ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३३० कम्पनीको १ करोड ४२ लाख ४ हजार कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ३ करोडको शेयर कारोबार भएको छ । 

    यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ४.९४ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन होटल तथा पर्यटन र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ । बैंकिङ्ग, विकास बैंक, वित्त, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

    आज सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २४ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने हिमालयन रिइन्स्योरेन्सको २० करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    8.JPG

    प्रकाशित मिति :मंसिर ८ २०८२ सोमवार - १५:२६:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij