Logo

२०८२ चैत्र ११ गते बुधवार

२०८२ चैत्र ११ गते बुधवार

बचत रकम फिर्ताको माग गर्दै सहकारी पीडितहरू सोमवार पनि धर्नामा

बचत रकम फिर्ताको माग गर्दै सहकारी पीडितहरू सोमवार पनि धर्नामा


  • 974
    Shares

    • images
    बचत रकम फिर्ताको माग गर्दै सहकारी पीडितहरू सोमवार पनि धर्नामा

    काठमाडौं । बचत रकम फिर्ताको माग गर्दै सहकारी पीडितहरू सोमवार पनि धर्नामा बसेका छन् । सहकारी पीडितले काठमाडौंको बुद्धनगरस्थित सहकारी विभागको कार्यालय अगाडि धर्ना दिएका हुन् । 

    सरकारले पीडित सहकारी वचतकर्ताको रकम फिर्ता गर्ने कामलाई निरन्तरता नदिएपछि धर्नामा बस्नुपरेको उनीहरूले बताएका छन् । सहकारी पीडितहरु बचत रकम फिर्ताको माग गर्दै गत शुक्रवारदेखि धर्नामा बस्दै आएका छन् । उनीहरुले सहकारी ‘वचतकर्ताको मागलाई राजपत्रमा प्रकाशित गर’, ‘पीडितलाई पीडा दिएर पीडकलाई साथ दिने राजनीतिक मतियार राजीनामा दे’ लगायत नारा लेखिएका प्लेकार्ड समेत बोकेका छन् ।

    आफूहरु रहरले नभई दुःख गरी कमाएर भविष्यको लागि भनेर राखेको वचत फिर्ताको लागि आन्दोलनमा आएको उनीहरुको भनाइ छ । आन्दोलनरत एक सहकारी पीडितले राज्यले आफूहरुको पीडा नसुनिदिएको दुखेसो पोखेका छन् । आफूहरुको वचत फिर्ता नगरेसम्म आन्दोलन जारी राख्ने उहाँको चेतावनी दिएका छन् । 

    प्रकाशित मिति :मंसिर ८ २०८२ सोमवार - १४:५९:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij