Logo

२०८२ मंसिर ८ गते सोमवार

२०८२ मंसिर ८ गते सोमवार

बचत रकम फिर्ताको माग गर्दै सहकारी पीडितहरू सोमवार पनि धर्नामा

बचत रकम फिर्ताको माग गर्दै सहकारी पीडितहरू सोमवार पनि धर्नामा


  • 337
    Shares

    बचत रकम फिर्ताको माग गर्दै सहकारी पीडितहरू सोमवार पनि धर्नामा
    images

    काठमाडौं । बचत रकम फिर्ताको माग गर्दै सहकारी पीडितहरू सोमवार पनि धर्नामा बसेका छन् । सहकारी पीडितले काठमाडौंको बुद्धनगरस्थित सहकारी विभागको कार्यालय अगाडि धर्ना दिएका हुन् । 

    सरकारले पीडित सहकारी वचतकर्ताको रकम फिर्ता गर्ने कामलाई निरन्तरता नदिएपछि धर्नामा बस्नुपरेको उनीहरूले बताएका छन् । सहकारी पीडितहरु बचत रकम फिर्ताको माग गर्दै गत शुक्रवारदेखि धर्नामा बस्दै आएका छन् । उनीहरुले सहकारी ‘वचतकर्ताको मागलाई राजपत्रमा प्रकाशित गर’, ‘पीडितलाई पीडा दिएर पीडकलाई साथ दिने राजनीतिक मतियार राजीनामा दे’ लगायत नारा लेखिएका प्लेकार्ड समेत बोकेका छन् ।

    आफूहरु रहरले नभई दुःख गरी कमाएर भविष्यको लागि भनेर राखेको वचत फिर्ताको लागि आन्दोलनमा आएको उनीहरुको भनाइ छ । आन्दोलनरत एक सहकारी पीडितले राज्यले आफूहरुको पीडा नसुनिदिएको दुखेसो पोखेका छन् । आफूहरुको वचत फिर्ता नगरेसम्म आन्दोलन जारी राख्ने उहाँको चेतावनी दिएका छन् । 

    प्रकाशित मिति :मंसिर ८ २०८२ सोमवार - १४:५९:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij