२०८२ मंसिर ८ गते सोमवार
काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप २६) मा भाग लिन प्रधानमन्त्री शेरबहादुर देउवा आज लण्डन प्रस्थान गरेका छन् ।
प्रधानमन्त्रीसहित भ्रमण टोलीमा २१ सदस्य रहेका छन् । भ्रमण टोलीमा ११ जना कर्मचारी, ५ सुरक्षाकर्मी, तीन जना संचारकर्मी, एक जना सचिवालय सदस्य छन् ।
कतार एयरको विमानमार्फत् प्रधानमन्त्री त्यसतर्फ प्रस्थान गरेका हुन् । देउवा पाँचौपटक प्रधानमन्त्री भएपछिको यो पहिलो विदेश भ्रमण हो ।
भ्रमण टाेलीका संचारकर्मीमा राससका भीष्मराज ओझा, नेपाल टेलिभिजनका अरविन्द आचार्य र रेडियो नेपालका अजय बम छन् ।
यस्तो छ भ्रमण टोली
वन तथा वातावरणमन्त्री– रामसहायप्रसाद यादव
सचिव
गृह सचिव– टेकनारायण पाण्डे
अर्थ सचिव– मधुकुमार मरासिनी
परराष्ट्र सचिव– भरतराज पौड्याल
ऊर्जा सचिव– देवेन्द्र कार्की
वन तथा वातावरण सचिव– पेमनारायण कँडेल
राष्ट्रिय योजना आयोगका सचिव– केवलप्रसाद भण्डारी
सह–सचिव
वन मन्त्रालयका सह–सचिव– राधा वाग्ले
परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल– दुर्गाबहादुर सुवेदी
मन्त्रालयका उपसचिव– रेवतीरमण पौडेल
राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष– माधव कार्की
प्रधानमन्त्रीको निजी सचिवालयका उपसचिव– जनक भट्ट
यसबाहेक सुरक्षाकर्मी पाँच जना र संचारकर्मी ३
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij