Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

जापानमा ज्वालामुखी विष्फोट

जापानमा ज्वालामुखी विष्फोट


  • 8.9K
    Shares

    जापानमा ज्वालामुखी विष्फोट

    प्राकृतिक बिपत्ति निम्तिरहने देश जापानमा एक अर्गस्थानमा आउने  खागोशिमामा फेरि एउटा ठूलो ज्वालामुखी बिस्फोट भएको छ । जापानको खागोशिमा प्रिफेक्चरको दक्षिण पश्चिमी टापुमा सोमबार बिहान ज्वालामुखी विस्फोट भएको हो । जापान मौसम विज्ञान एजेन्सीका अनुसार  बिहान २ बजेर ४८ मिनेटमा सुवानोसेजिमा टापुमा विस्फोट भएको हो ।

    स्थानीय समाचारहरुले एजेन्सीका अधिकारीलाई उद्दृत  गर्दै प्रकाशित गरेका समाचारअनुसार विस्फोटबाट जलेका ठूला चट्टानहरु करिव दुई किलोमिटर टाढासम्म पुगेको थियो ।

    उक्त टापुमा आवासीय क्षेत्र ज्वालामुखी विस्फोट भएको स्थानभन्दा चार किलोमिटरमात्र टाढा रहेको छ । स्थानीय अधिकारीहरूको अनुसार डिसेम्बर १ तारिखमा उक्त टापुमा ८१ जना बासिन्दा रहेको थियो । त्यहांको अवस्थाबारे थप विवरण आउन बांकी रहेको स्थानीय संचारमाध्यमहरुले जनाएका छन् ।

    मौसम एजेन्सीका अधिकारीहरुले ज्वालामुखी विस्फोट भएको स्थानको करिब २ किलोमिटरभन्दा भित्री क्षेत्रमा ठूला चट्टानहरू खस्ने सम्भावना रहेकोले सचेत रहन चेतावनी जारी गरेका छन् । मानिसहरूलाई ज्वालामुखीको खरानी र हावामा उडाएर लैजाने साना चट्टानहरूबाट जोगिन सावधानी अपनाउन समेत आग्रह गरिएको छ ।

    प्रकाशित मिति :पौष १३ २०७७ सोमवार - १०:१९:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij