२०८२ मंसिर ८ गते सोमवार
काठमाडौं । झण्डै ६ महिनापछि खुलेको सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को नयाँ अनलाइन आवेदन प्रणाली बन्द भएको छ।
यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणालीमा केही प्राविधिक समस्या देखिएकाले मर्मतका लागि आवेदन प्रणाली बन्द गरिएको बताएको छ । विभागले आज एक सूचना जारी गर्दै सर्भरमा समस्या देखिएपछि बन्द गरिएको जानकारी दिएको छ ।
जारी सूचनामा भनिएको छ,‘यसबाट सेवाग्राहीलाई हुने असुविधाप्रति हामी क्षमाप्रार्थी छौं । प्रणाली मर्मतको कार्य भइरहेको व्यहोरा समेत यसै सूचनाबाट जानकारी गराईन्छ ।’ विभागले ६ महिना देखि बन्द रहेको लाइसेन्सको नयाँ आवेदन सोमबारदेखि खुलेको थियो ।

© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij