Logo

२०८२ मंसिर ८ गते सोमवार

२०८२ मंसिर ८ गते सोमवार

जेनजी आन्दोलनको क्रममा मृत्यु भएका ७ जनाको पहिचान अझै हुन सकेन

जेनजी आन्दोलनको क्रममा मृत्यु भएका ७ जनाको पहिचान अझै हुन सकेन


  • 407
    Shares

    जेनजी आन्दोलनको क्रममा मृत्यु भएका ७ जनाको पहिचान अझै हुन सकेन
    images

    काठमाडौं ।  काठमाडौं प्रहरी परिसरले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित हालसम्म कुल १०४ वटा जाहेरी दर्ता गरेको जनाएको छ ।

    परिसरले सोमवार पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त मात्रामा जाहेरी दर्ता गरिएको जनाएको हो । पत्रकार सम्मेलनमा बोल्दै परिसरकार प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले दर्ता भएका उजुरीमध्ये व्यक्तिगत २२, सरकारी कार्यालयसँग सम्बन्धित ६६ र संस्थागत तथा व्यापारिक प्रतिष्ठानका १६ वटा रहेको जानकारी दिए ।

    उनका अनुसार भदौ २३ र २४ को आन्दोलनको क्रममा परिसरमा अहिलेसम्म ४९ जनाको मृत्यु दर्ता भएको छ । मृतकमध्ये ७ जनाको पहिचान हुन नसकेको उल्लेख गर्दै उहाँले पहिचानका लागि डिएनए परीक्षणका लागि पठाइएको बताए । एसपी भट्टराईले ७ वटा उजुरीहरु तामेलीमा राखिएको पनि उल्लेख गरे। 

    उनले आन्दोलनको क्रममा भएको क्षतिका सम्बन्धमा विभिन्न २ सय २८ वटा स्थानबाट क्षतिको विवरण संकलन गरिएको बताए । उनले कर्तव्य ज्यान, आपराधिक उपद्रव, चोरी, हातहतियार खरखजनासम्बन्धी, अभद्र व्यवहार र ज्यान मार्ने उद्योगसम्बन्धी १ सय ५४ मुद्दा दर्ता गरिएको जानकारी दिए ।

    उनका अनुसार दर्ता भएका मुद्दामा प्रहरीले हालसम्म २ सय ६७ जनालाई पक्राउ गरेको छ । तीमध्ये ८७ जनालाई हाजिरी जमानीमा छोडेर अनुसन्धान जारी छ भने १ सय १३ जनालाई न्यायिक हिरासतमा राखिएको छ । न्यायिक प्रक्रियामा पेस गरिएका अभियुक्तमध्ये २३ जना धरौटीमा रिहा भएका छन् भने ४३ जना पुर्पक्षका लागि थुनामा राखिएका छन् । पक्राउ परेकामध्ये ५ जना मात्र महिला रहेको उहाँले जानकारी दिए ।

    उनले भने,‘गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसम्बन्धी जिल्ला प्रहरी परिसर काठमाडौंलाई हालसम्म एक सय चार वटा जाहेरी दरखास्तहरु प्राप्त भएका छन् । यसमा यसमा सम्मानित सर्वोच्च अदालत, सम्मानित अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमेतका व्यक्तिगत २२, सरकारकी कार्यालयसँग सम्बन्धी ६६ र संस्थागत तथा व्यापारिक प्रतिष्ठानका १६ वटा जाहेरी अहिलेको मितिसम्म प्राप्त भएका छन् । भदौ २३ र २४ मा भएको मानवीय क्षतिका सम्बन्धमा काठमाडौं जिल्लाभित्र ४९ वटा मृत्युका घटना दर्ता भएका छन् । जसमध्ये हालसम्म पनि पहिचान नखुलेको संख्या ७ रहेको छ । उनीहरुको पहिचानको लागि डिएनए परिक्षणका लागि पठाइएको र अझै केही समय लाग्नेछ । अहिलेसम्म हामीले प्राप्त हुन आएका ९ वटा जाहेरीहरुलाई तामेलीमा राखेका छौं । भदौ २३ र २४ गते काठमाडौंमा २ सयि २८ वटा स्थानमा हामीले क्षतिको विवरण संकलन गरेका छौं । सोही घटनासम्बन्धी एक सय ५४ वटा मुद्दाहरु दर्ता गरेका छौं । यसमा मुख्यतः कर्तव्य ज्यान, अपराधिक उपद्रव, चोरी, हातहतियार खरखजनासम्बन्धी, अभद्र व्यवहारसम्बन्धी र ज्यान मार्ने उद्योगसम्बन्धी रहेका छन् । १५४ मुद्दामा हामीले हालसम्म २ सय ६७ जना पक्राउ गरिएका छन् । ८७ जनालाई हाजिरी जमानीमा राखेर अनुसन्धान गरिरहेका छौं भने १ सय १३ जनालाई न्यायिक हिरासतमा राखेर आवश्यक अनुसन्धान गरिरहेका छौं । अहिलेसम्म न्यायिक अदालतमा पेस गरेकाहरुमध्ये २३ जना धरौटीमा रिहा हुनुभएको छ । ४३ जना पूर्पक्षको लागि थुनामा गएको अवस्था छ । पक्राउ परेकामध्ये ५ जना मात्रै महिला रहेका छन् ।’

    उनले जेनजी आन्दोलदनका क्रममा जेलब्रेक गरेर भागेका ५९ जनालाई फिर्ता ल्याइएको बताए। पुनः पक्राउ गरिएका थुनुवाहरु ज्यान मार्ने उद्योगदेखि अभद्र व्यवहारमा सजाय काटिरहेको उनको भनाइ छ । उनले बाँकी १५ जना थुनुवाहरु समेत आफूहरुको सम्पर्कमा रहेको जानकारी दिए । 

    प्रकाशित मिति :मंसिर ८ २०८२ सोमवार - १५:५६:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij