Logo

२०८२ मंसिर ८ गते सोमवार

२०८२ मंसिर ८ गते सोमवार

परान’ हेरेर प्रभावित निम्बस ग्रुप,  समाजलाई राम्रो संदेश दिएको छ: बगरिया

परान’ हेरेर प्रभावित निम्बस ग्रुप,  समाजलाई राम्रो संदेश दिएको छ: बगरिया


  • 323
    Shares

    परान’ हेरेर प्रभावित निम्बस ग्रुप,  समाजलाई राम्रो संदेश दिएको छ: बगरिया
    images

    काठमाडौं । दर्शकहरूले नेपालीपन, यथार्थ जीवनका कथा र समसामयिक संवेदनालाई उत्कृष्ट तरिकाले प्रस्तुत गरिएको भन्दै चलचित्र ‘परान’ लाई निरन्तर माया र साथ दिइरहेका छन् । 

    चौथो सातामा प्रवेश गर्दा पनि दर्शकको संख्या घटेको छैन, जसले ‘परान’लाई वर्षको सफल चलचित्रमध्ये एक बनाउँदै लगेको छ ।
    यसरी दर्शकको राम्रै साथ र समर्थन पाइरहेका बेला ‘परान’ ले निम्बस ग्रुपको पनि ध्यान खिचेको छ । चिलचित्रको सदाबहार प्रदर्शनको मौकामा निम्बस ग्रुपले आफ्ना कर्मचारी र उनीहरूका परिवारसहित सामूहिक रुपमा चलचित्र हेरेको हो । 

    शनिबार पुल्चोकस्थित लाबिम मलमा कर्मचारीसहित चलचित्र हेरेको निम्बस ग्रुपले जनाएको छ । चलचित्र हेरेपछि निम्बस ग्रुपका प्रबन्ध निर्देशक अनन्द बगरियाले ‘परान’ बोरे संक्षिप्त प्रतिकृया दिँदै भन्ने,“परान सामाजिक परिवेशमा केन्द्रित रहेर बनेको उत्कृष्ट फिल्म लाग्योे, कलाकारको अभिनय र कथाले पनि हामी सबैको मन जित्यो, यस फिल्मले समाजलाई सकारात्मक सन्देश दिन सफल भयो भन्ने लागेको छ । साथै ‘परान’ हरेक कोणबाट ऐतिहासिक बन्न सकोस् ‘परान’ चलचित्र र सम्पूर्ण टिमलाई हार्दिक शुभकामना ”

    प्रकाशित मिति :मंसिर ८ २०८२ सोमवार - १६:३७:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij