Logo

२०८२ कार्तिक ४ गते मंगलवार

२०८२ कार्तिक ४ गते मंगलवार

सुन्दर ट्रेडर्सले नेपाल भित्र्यायो ईईभीईका विद्युतीय स्कुटर, मूल्य कति?

सुन्दर ट्रेडर्सले नेपाल भित्र्यायो ईईभीईका विद्युतीय स्कुटर, मूल्य कति?


  • 7.9K
    Shares

    सुन्दर ट्रेडर्सले नेपाल भित्र्यायो ईईभीईका विद्युतीय स्कुटर, मूल्य कति?
    images

    सुन्दर ट्रेडर्स प्रालिले नेपालमा विद्युतीय स्कुटर भित्र्याएको छ।  कम्पनीले भारतीय विद्युतीय स्कुटर नेपाल भित्र्याएको हो। सुन्दर ट्रेडर्सले १ लाख ८७ हजारदेखि २ लाख ३५ हजारसम्मका विद्युतीय स्कुटर नेपाल भित्र्याएको छ। 

    पाँचवटा मोडल भित्र्याएको कम्पनीले सेनिया २.०  को मूल्य २ लाख ३५ हजार, सेनियाको मूल्य २ लाख २४ हजार, अहामाको मूल्य १ लाख ९१ हजार, एट्रिओ १ लाख ९६ हजार, विन्ड १ लाख ८७ हजार रुपैयाँ तोकेको छ। 

    स्कुटरहरुमा २५० वाटको मोटर, ६० देखि ७० भोल्टसम्मका लिथियम आयन ब्याट्री, एकपटकको चार्जमा ७५ देखि ८५ किमिसम्म गुड्छन्।  

    स्कुटर चार्जगर्न ४ देखी ५ घण्टा लाग्ने कम्पनीले उल्लेख गरेको छ। ईईभीई इन्डियाले सहरी यातायात, कलेज जाने विद्यार्थीको लागि बढी उपयुक्त रहेको जनाएको छ। सुन्दर ट्रेडर्सले नेपालमा कात्तिक ११ गते लञ्च गर्ने तयारी गरेको छ। 

    प्रकाशित मिति :कार्तिक ८ २०७८ सोमवार - १६:२८:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij