Logo

२०८२ मंसिर ९ गते मंगलवार

२०८२ मंसिर ९ गते मंगलवार

फिदिममा बस दुर्घटना हुँदा ४० भन्दा बढी घाइते, १६ को अवस्था गम्भीर

फिदिममा बस दुर्घटना हुँदा ४० भन्दा बढी घाइते, १६ को अवस्था गम्भीर


  • 3.3K
    Shares

    फिदिममा बस दुर्घटना हुँदा ४० भन्दा बढी घाइते, १६ को अवस्था गम्भीर
    images

    पाँचथरको फिदिममा बस दुर्घटना हुँदा ४० यात्रु घाइते भएका छन् । घाइतेमध्ये १६ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

    प्रहरीका अनुसार तमोर करिडोर हुँदै फिदिम-दमक चल्ने को १ ख ३८६५ नम्वरको दुर्घटनामा परेको हो । बस फिदिम नगरपालिका – ४ सरखण्डेमा दुर्घटना भएको हो । बस अनियन्त्रित भइ दुर्घटनामा परेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

    घाइते मध्ये २४ जनालाई पाँचथर अस्पताल र वाँकीलाई पाथिभरा र समर्पित अस्पतालमा उपचारका पठाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । बसमा ६० भन्दा बढी यात्रुहरु सवार रहेको बताइएको छ ।

    प्रकाशित मिति :कार्तिक ८ २०७८ सोमवार - १३:१२:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij