Logo

२०८२ मंसिर ९ गते मंगलवार

२०८२ मंसिर ९ गते मंगलवार

डीआईजीको दरबन्दी थप्ने गृहकार्य गर्दै देउवा सरकार, ६ महिना देखि भएन एसएसपी वढुवा

डीआईजीको दरबन्दी थप्ने गृहकार्य गर्दै देउवा सरकार, ६ महिना देखि भएन एसएसपी वढुवा


  • 4.5K
    Shares

    डीआईजीको दरबन्दी थप्ने गृहकार्य गर्दै देउवा सरकार, ६ महिना देखि भएन एसएसपी वढुवा
    images

    काठमाडौं । तत्कालीन केपी शर्मा ओली सरकारले घटाएको नेपाल प्रहरीको डीआईजीको दरबन्दी थप्ने गृहकार्य सुरु भएको छ । शेरबहादुर देउवा नेतृत्त्वको सरकारले डीआईजीको दरबन्दी थप्ने गृहकार्य अगाडि बढाएको हो ।

    डीआईजीको दरबन्दी बढाउने तयारी गरे पनि ०७८ वैशाखदेखि खाली रहेको ६ वटा एसएसपी पदमा कसैलाई वढुवा गरिएको छैन । खाली रहेको दरबन्दीमा पनि वढुवा नगरिएको भन्दै एसएसपीका आकांक्षीहरु निरास भएका छन् ।

    एसएसपी वढुवा गर्न आईजीपी र गृहमन्त्रीले चासो नदेखाएको बताइएको छ । ओली नेतृत्वको तत्कालीन सरकारले ०७६ चैतमा जनपदतर्फ डीआईजीको संख्या १४ मात्रै राख्ने निर्णय गरेको थियो । त्यतीबेला एआईजीको संख्या तीन कायम थियो । पछि ओली नेतृत्वकै सरकारले जनपदतर्फ नै एआईजीको संख्या बढाएर ५ पुर्याएको थियो । पछिल्लो समय विश्वराज पोखरेल र सहकुल थापा एआईजीमा वढुवा भएका थिए ।

    प्रहरीमा डीआईजी घटाउने ओली सरकारको तत्कालीन निर्णय गलत रहेको प्रहरी अधिकारीले गुनासो गरेका थिए । वहालवाला प्रहरी अधिकारीहरु भन्छन्, “डीआईजीको संख्या थपिनु संगठनका लागि राम्रो हो । तर, एसएसपी वढुवा रोक्न हुँदैन । नियमित प्रक्रियामा संगठन चल्नुपर्छ । यसमा सरकार गम्भीर हुनुपर्छ ।”

    अहिले नेपाल प्रहरीमा प्रशासन (जनपद) तर्फ १४ र प्राविधिक आठजना गरि २२ जना डीआईजी छन् ।

    स्रोतका अनुसार ६ जना डीआईजी र १२ जना एसएसपीको पद थप्ने गृहकार्य भइरहेको छ । प्रहरी प्रधान कार्यालयले दरबन्दी थप्ने प्रस्तावसहितको संगठन सुपरीवेक्षण तथा व्यवस्थापन (ओएण्डएम) प्रतिवेदन गृह मन्त्रालयमा पठाइसकेको छ । अर्थ मन्त्रालयले सहमति दिए सो प्रस्ताव मन्त्रिपरिषदमा जानेछ ।

    डीआईजीको संख्या थपिए एसएसपीबाट अवकाशमा जानेहरु डीआईजी हुनेछन् । तर समयमै एसएसपीको वढुवा नगर्दा सिनियर एसपी र जुनयर एसपी एकैचोटी बढुवामा पर्नेछन् । जसले सिनियर एसपीहरुको मनोवल कमजोर हुने र सरकारले आफूनिकटलाई अगाडि ल्याउने सम्भावना बढी हुनेछ ।

    सरकारले आफूनिकटलाई बढुवा गर्न डीआईजी र एसएसपी पद सिर्जना गर्न लागेको कतिपय पूर्व प्रहरी अधिकारीहरुको बुझाई छ ।

    प्रकाशित मिति :कार्तिक ८ २०७८ सोमवार - १२:४७:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij