२०८२ मंसिर ९ गते मंगलवार
काठमाडौं । प्रहरी प्रधान कार्यालयले ४ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)को काज सरुवा गरेको छ ।
प्रहरी हेडक्वार्टरले आइतवार अर्को आदेश नभएसम्मका लागि भन्दै गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय बेलचौतारका तनहुँका ठगबहादुर केसीलाई इलाका प्रहरी कार्यालय बुटवल र बुटवलका डीएसपी मदन कुँवरलाई प्रहरी प्रधान कार्यालय तानिएको छ ।
डीएसपी कुँवरलाई प्रधान कार्यालयले ४ महिनामा तानेको हो । डीएसपी विश्वराज खड्कालाई महानगरीय प्रहरी वृत्त दरबारमार्गमा ल्याइएको छ ।
कारवाहीमा परेका डीएसपी खड्कालाई राजनीतिक पहुँचको भरमा प्रहरी प्रधान कार्यालय नमान्दा(नमान्दै पनि उनी त्यहाँ ल्याउन बाध्य भएको स्रोतले बतायो । दरबारमार्गका रामेश्वर पौडेलको प्रहरी एकेडेमी काज सरुवा गरिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij