२०८२ मंसिर ९ गते मंगलवार
विगत ६ महिनादेखि रोकिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को नयाँ आवेदन यही सातादेखि खुल्ने भएको छ । यातायात व्यवस्था विभागले यही सातादेखि नयाँ आवेदन खुलाउने तयारी गरेको हो ।
विभागका प्रवक्ता लोकनाथ लोकनाथ भुसालले यो साताभित्र लाइसेन्सको नयाँ आवेदन खोल्ने बताए । उनले भने, ‘सकेसम्म अबको एक/दुई दिनमा आवेदन खुल्छ । नत्र शुक्रबारसम्ममा खुल्छ ।’
कोरोना भाइरस महामारीका कारण वैशाख १५ गतेदेखि गरिएको निषेधाज्ञाका कारण लाइसेन्सको आवेदन खुलेको छैन ।
निषेधाज्ञा अगाडी झण्डै ७ लाखले दिएको आवेदन सकेर मात्रै नयाँ आवेदन खोल्ने विभागले बताउँदै आएको थियो । तर, चौतर्फीरुपममा विरोध भएपछि पुरानो आवेदनको ट्रायल (प्रयोगात्मक परीक्षा) नसकि नयाँ आवेदन खोल्न लागेको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij