२०८२ मंसिर ९ गते मंगलवार
काठमाडौं । प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै नेकपा एमाले सर्वोच्च अदालत पुगेको छ ।
नेकपा एमाले विघटित प्रतिनिधि सभाका प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनिता बरालले मंगलबार रिट निवेदन पेस गरेका हुन् ।
गत भदौ २७ गते प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गरेका थिए । त्यसपछि सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनको मिति तोकेको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij