२०८२ मंसिर ९ गते मंगलवार
काठमाडौं । सिंहदरबार छिर्न खोजेका जेनजीहरुलाई प्रहरीले हटाएको छ । मंगलबार जेनजीको एउटा समूह सिंहदरबार प्रवेश गर्न खोजेको थियो । तर सुरक्षार्थ खटिएको प्रहरी टोलीले उनीहरुलाई हटाएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले निषेधित क्षेत्र प्रवेश गर्न खोजेकाले हटाइएको बताएका छन् ।
आज सिंहदरबार प्रवेश गर्न लागेका मिराजसहितका जेनजीलाई प्रहरीले धकेल्दै अनामनगर पुल कटाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij