Logo

२०८२ मंसिर ९ गते मंगलवार

२०८२ मंसिर ९ गते मंगलवार

पाँच बर्षीया बालिकामाथि यौन शोषण गर्ने ५१ वर्षिय उपप्रध्यापक पक्राउ

पाँच बर्षीया बालिकामाथि यौन शोषण गर्ने ५१ वर्षिय उपप्रध्यापक पक्राउ


  • 6.0K
    Shares

    पाँच बर्षीया बालिकामाथि यौन शोषण गर्ने ५१ वर्षिय उपप्रध्यापक पक्राउ
    images

    पाँच वर्षिया बालिकालाई यौन शोषण गरेको आरोपमा ५१ वर्षिय उपप्रध्यापक पक्राउ परेका छन् । जनकपुरधामको जनक हजारी संस्कृत विद्यापीठका उपप्रध्यापक कपिलदेव मण्डललाई प्रहरीले पक्राउ गरेको हो ।

    जनकपुरधाम–८ का उपप्रध्यापक मण्डलले आफ्नै घरमा भाडामा बस्ने सिरहाका एक व्यक्तिकी पाँच वर्षीया छोरीलाई केही महिनादेखि यौन शोषण गरेको आरोप छ । मण्डलले गणेश पूजाको मौका छोपी छोरीको यौन शोषण गरेको पीडितका बुवाको दाबी छ । बालिकाको यौनाङ्गमा घाउ देखिएपछि घटनाबारे थाहा भएको हो । जिल्ला प्रहरी कार्यालय धनुषामा किटानी जाहेरी परेपछि उनी पक्राउ परेका हुन् ।

    प्रहरीले पीडित बालिकाको शुक्रबार नै मेडिकल जाँच गराएको छ । प्रहरी नियन्त्रणमा रहेका मण्डलविरुद्ध बाल यौन दुर्व्यवहारसम्बन्धी मुद्दा चलाइने धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए । 

    प्रकाशित मिति :कार्तिक ७ २०७८ आइतवार - ११:१०:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij