Logo

२०८२ मंसिर ९ गते मंगलवार

२०८२ मंसिर ९ गते मंगलवार

मंसिर २१ देखि २३ गतेसम्म पुनर्निर्माणसम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन हुने

मंसिर २१ देखि २३ गतेसम्म पुनर्निर्माणसम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन हुने


  • 6.3K
    Shares

    मंसिर २१ देखि २३ गतेसम्म पुनर्निर्माणसम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन हुने
    images

    काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आगामी मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा नेपालको पुनर्निर्माणसम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्ने भएको छ । 

    प्राधिकरणले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भूकम्पपछिको पुनर्निर्माण र पुनर्स्थापनामा नेपालले प्राप्त गरेको अनुभव र सिकाइलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायमा बाँड्न अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्न लागेको जानकारी दिएको हो ।

    पत्रकार सम्मेलनमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पपछिको पुनर्निर्माण तथा पुनर्स्थापना कार्यमा प्राप्त भएका अनुभव तथा सिकाइहरूले विपद्बाट सुरक्षित नेपाल बनाउने राष्ट्रिय लक्ष्य पूरा गर्ने आधार तयार भएको र सम्मेलन आयोजना गर्न लागेको बताए ।

    अन्तर्राष्ट्रिय सम्मेलनको मूल नारा ‘पुनर्निर्माणबाट उत्थानशीलतातर्फ’ रहेको उनले बताए । ज्ञवालीले पुनर्निर्माण बाँकी हुन रहेका सम्पदा निर्माणमा गम्भीरतापूर्वक अघि बढेको बताए । उनले विनाशकारी भूकम्प गएको दुई महिनापछि भएको सम्मेलनपछि ३ खर्ब १३ अर्ब रुपैयाँ बराबरको सम्झौता भएको जानकारी दिए । उनले पुनर्निर्माणका लागि सरकार र वैदेशिक सहयोग गरी प्राप्त ४ सय ७० अर्ब रकममध्ये तीनसय ७१ अर्ब अघिल्लो आर्थिक वर्षसम्म खर्च भएको र बाँकी रकम चालू र आगामी आर्थिक वर्षमा खर्च गरिने बताए ।

    सम्मेलनमा निजी आवास पुनर्निर्माण, साँस्कृतिक सम्पदा पुनर्निर्माण, सार्वजनिक पूर्वाधार पुनर्निर्माण र सुशासनका विभिन्न पक्षमा गरिएका अनुसन्धानमुलक प्रस्तुतिका साथै विषयगत गोष्ठीहरू समेत गर्ने कार्यक्रम रहेको प्राधिकरणले जनाएको छ ।

    विनाशकारी भूकम्पपछि स्थापना भएको प्राधिकरणले करिब ६ वर्षपछि पुनर्निर्माणको बाँकी कार्यको जिम्मेवारी सम्बन्धित निकायहरूलाई हस्तान्तरण गरिसकेको छ ।

    प्रकाशित मिति :कार्तिक ५ २०७८ शुक्रवार - १६:३१:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij