२०८२ मंसिर ९ गते मंगलवार
काठमाडौं । पछिल्लो २४ घण्टामा ७०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ३७६ नमूना परीक्षणमध्ये ५७४ पीसीआर र १३४ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएसँगै कुल मृत्यु संख्या ११ हजार ३३७ पुगेको छ । मन्त्रालयका अनुसार थप ९३२ जना संक्रमणमुक्त भएका छन् ।
यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ७ लाख ८५ हजार ८१३ पुगेको छ । हाल मुलुकभर १० हजार ९४६ सक्रिय संक्रमित छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij