२०८२ मंसिर ९ गते मंगलवार
प्रधानमन्त्री शेरबहादूर देउवाले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) पारित हुने बताएका छन् ।
बाढीपहिरो प्रभावित क्षेत्र निरीक्षणका लागि बिहिबार सुदूरपश्चिम पुगेका देउवाले शुक्रबार बिहान धनगढीमा भएको पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् ।
एमसिसीबारे पत्रकारले गरेको प्रश्नको जवाफ फर्काउँदै उनले भने ‘एमसिसी पास हुन्छ, यो ठूलो अनुदान हो, ऋण होइन।’
नेपालकै कानुनअनुसार नै एमसिसी पारित हुने जनाउँदै उनले हाल यसबारे अनावश्य टिकाटिप्पणी भइरहेको जनाएका छन् । ‘यो नेपालकै कानुन अनुसार हुन्छ। यति ठूलो अनुदान आएको छ तर त्यो पनि चाहिएन भन्छन् हद भइसक्यो,’ उनले भने।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij