Logo

२०८२ मंसिर ९ गते मंगलवार

२०८२ मंसिर ९ गते मंगलवार

दाहसंस्कार गर्न तयारी भइरहेका बेला मृत ठानिएको महिला चलमलाउन थालेपछि...

दाहसंस्कार गर्न तयारी भइरहेका बेला मृत ठानिएको महिला चलमलाउन थालेपछि...


  • 505
    Shares

    दाहसंस्कार गर्न तयारी भइरहेका बेला मृत ठानिएको महिला चलमलाउन थालेपछि...
    images

    काठमाडौं । थाइल्याण्डमा दाहसंस्कारका लागि तयारी भइरहेका बेला कफिनभित्र मृत ठानिएको महिला चलमलाउन थालेसँगै अस्पताल लगेको भिडियो अहिले सामाजिक सञ्जालमा छाइरहेको छ ।

    अन्त्येष्टिका लागि मन्दिर पुर्‍याइएकी मृत ठानिएकी महिला कफिनभित्रै चलमलाउन थालेपछि अस्पताल लगिएको हो । सार्वजनिक भिडियोमा सेतो कफिनमा राखिएकी ती महिलाको हात, खुट्टा, टाउकोसहित शरीर चलेको देखिन्छ ।

    थाइल्यान्डको नोन्थाबुरी प्रान्तस्थित ’वाट रात प्राखोङ थाम’ बौद्ध मन्दिरले आफ्नो फेसबुक पेजमा भिडियो पोष्ट गर्दै ‘हजुरआमाको दाहसंस्कार समारोहको योजना बनाइएको थियो, तर जब कफिन खोलियो हजुरआमा अझै जीवित हुनुहुन्थ्यो’ क्याप्सन लेखेको छ । भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

    सार्वजनिक भिडियोमा पिकअप ट्रकको पछाडि सेतो कफिनमा राखिएकी ती महिलाले खुट्टा, हात, टाउकोसहित शरीर हल्लाइरहेको देखिन्छ ।
    यसपछि त्यहाँ जम्मा भएका व्यक्तिले ती महिलालाई अस्पताल पठाएको देखिन्छ भने उनको सम्पूर्ण उपचार खर्च मन्दिरले व्यहोर्ने भएको छ । मन्दिरका सामान्य तथा आर्थिक मामिला व्यवस्थापक पैरात सुदथुपले उनको उपचार खर्च मन्दिरले व्यहोर्ने बताएका हुन् ।

    उनका अनुसार ती ६५ वर्षीया महिलालाई दुई दिनअघि मन्दिर ल्याइएको थियो । उक्त भिडियो पनि दुई दिनअघि नोभेम्बर २३ मा अपलोड गरिएको देखिन्छ । दुई वर्षदेखि अस्वस्थ भएपछि थला परेकी उनलाई दाहसंस्कारका लागि महिलाका दाइले फित्सानुलोक प्रान्तबाट मन्दिरमा लगेका थिए ।

    दाहसंस्कारका लागि मन्दिर लगिएपछि महिला हलचल गरेको आवाज आएसँगै कफिन खोलेर हेर्दा उनी जीवित देखिएको हो । पैरात सुदथुपका अनुसार कफिन खोलेर हेर्दा महिलाले आँखा केही खोलेकी थिइन् र कफिनको छेउमा ढकढक गरिरहेकी थिइन् ।

    प्रकाशित मिति :मंसिर ९ २०८२ मंगलवार - १६:३२:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij