Logo

२०८२ मंसिर ९ गते मंगलवार

२०८२ मंसिर ९ गते मंगलवार

वाग्मतीमा आलोपालो कार्यकाल चलाउने समाजवादी र कांग्रेसबिच सहमति, पहिला पाण्डे अनि बानियाँ

वाग्मतीमा आलोपालो कार्यकाल चलाउने समाजवादी र कांग्रेसबिच सहमति, पहिला पाण्डे अनि बानियाँ


  • 3.4K
    Shares

    वाग्मतीमा आलोपालो कार्यकाल चलाउने समाजवादी र कांग्रेसबिच सहमति, पहिला पाण्डे अनि बानियाँ
    images

    हेटौंडा । नेकपा (एकीकृत समाजवादी) र नेपाली कांग्रेसले वाग्मती प्रदेशको मुख्यमन्त्री पद आधा–आधा कार्यकाल चलाउने सहमति गरेका छन्।

    नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलका प्रवक्ता प्रभात तामाङका अनुसार बिहीबार बिहान हेटौंडामा बसेको केन्द्रीय सत्तारुढ गठबन्धनको बैठकले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति गरेको हो।

    आज बसिरहेको प्रदेशसभा बैठकमा वाग्मती प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई अगाडि सार्ने सहमति समेत भएको छ।

    पहिला समाजवादी पार्टी प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने छन्। १४ महिनाको बाँकी कार्यकालमा पाण्डेले सात महिनापछि राजीनामा दिने र त्यसपछि कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँ मुख्यमन्त्री बन्ने सहमति भएको प्रवक्ता तामाङले जानकारी दिए।

    यसअघि समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वाग्मती प्रदेश सरकारको नेतृत्व आफुहरुले गर्ने सहमति भइसकेको दाबी गरेका थिए।

    कांग्रेसले आफ्नो दाबी नछोडेपछि महामन्त्री डाक्टर प्रकाशशरण महतको उपस्थितिमा बसेको बैठकले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति जुटाएको हो। प्रदेश सभामा अहिले विश्वासको मत लिने सम्बन्धी छलफल छ।

    प्रकाशित मिति :कार्तिक ४ २०७८ बिहिवार - १६:४२:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij