Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

दुवाडीको अवकाशसँगै रिक्त सचिव पदमा अर्याललाई बढुवा गर्ने तयारी

दुवाडीको अवकाशसँगै रिक्त सचिव पदमा अर्याललाई बढुवा गर्ने तयारी


  • 799
    Shares

    दुवाडीको अवकाशसँगै रिक्त सचिव पदमा अर्याललाई बढुवा गर्ने तयारी

    काठमाडौं । राष्ट्रिय योजना आयोगमा कार्यरत सचिव गोकर्णमणि दुवाडी सचिव पदको पाँच वर्षे कार्यकाल पूरा गरी मंगलबार रातिदेखि अनिवार्य अवकाशमा जाँदैछन् ।

    मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले दुवाडीको अवकाश स्वीकृत गर्दै हालसम्म पुर्‍याएको योगदानका लागि सरकारका तर्फबाट धन्यवाद व्यक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन् ।

    दुवाडी अवकाशमा गएपछि एउटा सचिव पद रिक्त भएको छ । उक्त रिक्त सचिव पदमा सुदूरपश्चिम प्रदेश सरकारको कामु प्रमुख सचिव पदमा कार्यरत सहसचिव बैकुष्ठ अर्याललाई बढुवा गर्ने तयारी रहेको छ । 

    अर्याललाई गत कात्तिक २४ गते बसेको मन्त्रिपरिषद् बैठकले कामु प्रमुख सचिव बनाएर सुदूरपश्चिम प्रदेशमा पठाइएको थियो । 

    प्रकाशित मिति :मंसिर ९ २०८२ मंगलवार - १७:०६:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij