२०८२ मंसिर ९ गते मंगलवार
काठमाडौं । मुख्यसचिव एकनारायण अर्यालले प्रशासन चलाउने शक्ति पद भन्दा पनि विश्वास रहेको बताएका छन् । ३५ वर्षको सरकारी सेवापछि मंगलवार अनिवार्य अवकाशमा जान लाग्नुभएका मुख्यसचिव अर्यालले प्रधानमन्त्री तथा उच्च अधिकारीहरूको उपस्थितिमा आयोजित विदाइ समारोहमा बोल्दै यस्तो बताएका हुन् ।
उनले सरकारी सेवामा प्रशंसाभन्दा बढी चुनौती, आलोचना र असहज परिस्थितिहरू आउने बताएका छन् । कुनैपनि राष्ट्रिय सेवकले प्रश्नबाट भाग्न नसक्ने उनको भनाई छ । उनले विशेषगरी संवेदनशील क्षण र निर्णायक अवस्थाहरूमा सबै पक्षलाई सन्तुष्ट पार्न नसकिने बताएका छन् ।
जेनजी आन्दोलन, राष्ट्रिय सम्पत्तिको रक्षा, शान्ति व्यवस्थापन जस्ता चुनौतीपूर्ण परिस्थितिमा उपलब्ध साधन र सूचनाका आधारमा सकेसम्म उचित निर्णय लिने प्रयास गरेको उनको भनाई छ । उक्त विषम परिस्थितिमा भर्चुअल सचिव बैठक, राजनीतिक समन्वय जस्ता महत्वपूर्ण सहजीकरणबाट नागरिक सरकारको गठनमा महत्वपूर्ण भुमिका गरेको उनले बताएका छन्।
उनले संघीय निजामती सेवा र कानूनी संरचनामा देखिएका कमजोरी तथा नेतृत्व विकासमा अवरोध पु¥याउने व्यवस्थाहरूविरुद्ध आफूले स्पष्ट रुपमा खुला धारणा राखेको बताएका छन् । ती विषयहरू व्यक्तिगत विवाद नभएर संस्थागत सुधारको अनिवार्यता रहेपनि आलोचना र विवाद भएको उनले बताएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij