Logo

२०८२ मंसिर ९ गते मंगलवार

२०८२ मंसिर ९ गते मंगलवार

१४ औं महाधिवेशन तोकिएकै मितिमा हुनुपपर्छ : प्रकाशमान सिंह

१४ औं महाधिवेशन तोकिएकै मितिमा हुनुपपर्छ : प्रकाशमान सिंह


  • 4.3K
    Shares

    १४ औं महाधिवेशन तोकिएकै मितिमा हुनुपपर्छ : प्रकाशमान सिंह
    images

    काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको आसन्न १४ औं महाधिवेशन तोकिएकै मितिमा हुनुपर्ने बताएका छन् । बिहिबार धादिङमा आयोजित कांग्रेस धुनिबेसी नगर समितिको कार्यालय उद्घाटनमा नेता सिंहले सो कुरा बताएका हुन् । 

    महाधिवेशन सार्न पाइँदैन भन्दै उनले कुनै हालतमा तोकिएकै मितिमा हुनुपर्ने बताए । सभापति शेरबहादुर देउवासहित पदाधिकारीले महाधिवेशन माघसम्म सार्ने तयारी गरिरहेका बेला नेता सिंहले सो कुरा बताएका हुन् ।

    उनले भने ‘महाधिवेशन कुनै पनि हालतमा तोकिएकै मितिमा गर्नु पर्दछ । क्रियाशिल सदस्यता विधि र पद्धतिअनुसार वितरण हुनुपर्छ,’ उनले थपे, ‘यस अघिको सहमतिअनुसार नै पार्टीको अधिवेशन अगाडि बढाउनु पर्दछ । यसमा नेतृत्वले ध्यान दिन जरुरी छ ।’

    उनले अधिवेशन त समयमा नै गर्न नसकेको काँग्रेसले कसरी देश विकास गर्न सक्छ, भनेर जनताले प्रश्न गर्न सुरु गरिसकेको बताए। पार्टीलाई ठिक ठाउँमा ल्याउनको लागि विधि र पद्धतिको सबैले सही ढंगले पालना गर्नुपर्ने उनले बताए । 

    उनले अधिवेशन हुँदा सबैलाई पद चाहिने तर पदमा पुगिसके पछि काम गर्न नसक्ने परिपाटी अब सुधार गर्नु पर्ने पनि बताए । उनले विधिसम्मत र संस्थागत रुपमा पार्टीलाई अगाडि बढाउनको लागि सक्षम नेतृत्वको आवश्यकता रहेको पनि बताए । 

    प्रकाशित मिति :कार्तिक ४ २०७८ बिहिवार - १६:३८:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij