Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

शिक्षक महासंघद्धारा सहमति कार्यान्यन गर्न सरकारलाई ध्यानाकर्षण

शिक्षक महासंघद्धारा सहमति कार्यान्यन गर्न सरकारलाई ध्यानाकर्षण


  • 5.1K
    Shares

    शिक्षक महासंघद्धारा सहमति कार्यान्यन गर्न सरकारलाई ध्यानाकर्षण

    काठमाडौं । शिक्षा मन्त्रालय र नेपाल शिक्षक महासंघबीच २०७५ सालमा भएको सहमति कार्यान्वयन नभएको भन्दै महासंघले आज सरकारको ध्यानाकर्षण गराएको छ । महासंघले आज शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई भेटेर ३४ सुत्रिय मागबारे ध्यानाकर्षण गराएको हो ।

    महासंघले जारी गरेको ध्यानाकर्षणपत्रमा भनिएको छ, ‘वि.स. २०७५ फाल्गुण ९ गते शिक्षा मन्त्रालय र ने.शि. महासंघबीच भएको महत्वपुर्ण सहमतीका बुँदाहरु आजका मितिसम्म कार्यान्वयन भएका छैनन् ।

    यसबाट स्थायी, अस्थायी करार राहत, बालकक्षा, साविक उमावि लगायतका सबै प्रकारका शिक्षकहरु तथा विद्यालय कर्मचारीको हकमा भएका महत्वपुर्ण सम्झौता त्यसै अलपत्र परेको अवस्था छ ।’

    संघले ३४ सुत्रीय माग राखी गत बैशाख २० गतेबाट निरन्तर आन्दोलन गरिरहेको छ । संघले कात्तिक २८ गतेबाट देश भरिकै शिक्षक कर्मचारी काठमाडौमा उपस्थित भई दबाबमुलक सडक आन्दोलन गर्ने लक्ष्मीकिशोर सुवेदी महासचिव र कमलादेवी तुलाधर अध्यक्षद्धारा हस्ताक्षर गरिएको ध्यानाकर्षण पत्रमार्फत जानकारी दिएको छ ।

    074008980Teacher1.jpg

    प्रकाशित मिति :कार्तिक ४ २०७८ बिहिवार - १५:०७:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij