Logo

२०८२ मंसिर ९ गते मंगलवार

२०८२ मंसिर ९ गते मंगलवार

ड्राइभिङ लाइसेन्सको आवेदन अर्को साता देखि खुल्ने

ड्राइभिङ लाइसेन्सको आवेदन अर्को साता देखि खुल्ने


  • 4.9K
    Shares

    ड्राइभिङ लाइसेन्सको आवेदन अर्को साता देखि खुल्ने
    images

    सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को आवेदन खुल्ने भएको छ । यातायात व्यवस्था विभागले गत वैशाख १६ गतेदेखि कोरोनाका कारण बन्द गरेको ड्राइभिङ लाइसेन्स आवेदन अर्को सातादेखि खोल्ने भएको हो । 

    विभाले अहिले आवेदन खोल्न प्राविधिक तयारी गरिरहेको र चाँडै खोल्ने विभागका प्रवक्ता डा. लोकनाथ भुसालले बताए । उनका अनुसार अहिले आवेदन दिएका करिब ५ लाख जना परीक्षामा सहभागी हुन मिति कुरेर बसेका छन् । 

    लामो समय आवेदन रोकेका कारण लाइसेन्स लिन आवेदन दिएर प्रक्रियामा प्रवेश गरेकाहरु अन्योलमा परेका छन् भने नयाँ लाइसेन्स लिन खोल्ने चालकहरु समस्यामा परेका छन् । 

    विभागका अनुसार अब दैनिक रुपमा कार्यालयको कोटा निर्धारण गरेर आवेदन लिने र कार्यालयहरुले आफ्नो क्षमताअनुसार कोटा तोकेर आवेदन खुलाउने तयारी छ । 

     

    प्रकाशित मिति :कार्तिक ४ २०७८ बिहिवार - १३:०२:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij