Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

बाढीबाट बच्नुस् प्रिय प्रेमी

बाढीबाट बच्नुस् प्रिय प्रेमी


  • 6.2K
    Shares

    बाढीबाट बच्नुस् प्रिय प्रेमी

    बर्षादसँगै नदीमा मिसिएर
    फुलमालाको भेल आयो
    सेल्फिको छाल आयो
    बस्तीमा खडेरी नपरोस् भनेर
    सकिनसकी बगिरह्यो
    एउटा हिउँद
    आधा अञ्जुली प्यास बोकेर
    जब बर्षादसंगै नदीमा मिसिए बाढीहरू
    तब प्रेमीहरूको प्रेम बाढीसंग बस्यो

    प्रिय प्रेमी
    कहिलेकाहीं बाढी प्रेमी जसरी आउँछ
    कहिलेकाही बाढी पनि क्रान्तिकारी
    जसरी आउँछ
    बाढी नै निर्णायक झैं गरि आउँछ
    तर, प्रिय प्रेमी
    बाढी क्षणिक हो
    बाढी धोकेबाज हुन्छ
    बाढीलाई हामी कुलोमा लगाएर
    मात्र खेत भिजाउन सक्छौं
    बाढीलाई बग्न दिने हो
    हामी बाढीसंगै बग्ने होइन
    प्रिय प्रेमी बाढीसंग बच्नुहोस्
    बाढीको कुनै भर हुँदैन
    कहिले उचाल्छ कहिले पछार्छ
    हिजो हाम्रो एउटा मोर्चा
    बाढीले नै खाइदियो
    प्रिय प्रेमी हिउँदलाई नबिर्सनुस्
    जो एक्लै लडेको थियो
    बेइमान एउटा खण्डहर रातसँग

    आज तपाईसँगको सेल्फिले हराभरा भएका
    फेसबुकका गह्राहरू
    हिजो सुख्खा थिए
    हामीले पसिनाका बुँदहरूले भिजाएका थियौं
    घाइते इतिहासको घाँटी
    हो प्रेमी तपाई उकालो लागेपछी

    आज राता बनेका चोकहरू
    सुनसान थिए
    हामीले कर्फ्यु छलेर
    कबिताले झस्काएका थियौं
    बहिरो शहरको कानहरू
    प्रिय प्रेमी बाढीलाई चिन्नुस्
    बाढीको भर नपर्नुस्
    प्रिय प्रेमी उत्रनुहोस् बाढीदेखि
    तपाईंको कमिजमा लागेको हिलो पखाल्न
    तयार भएर बसेको छ
    उही तपाईंको सच्चा प्रेमी हिउँद
    आधा अन्जुली निस्चल प्रेम लिएर ।

    बि पि बिद्रोही / २०७८/०६/२१

    प्रकाशित मिति :कार्तिक ४ २०७८ बिहिवार - १०:०६:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij