२०८२ मंसिर ९ गते मंगलवार
काठमाडौं । पछिल्लो २४ घण्टामा ६६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ४२६ नमूना परीक्षणमध्ये ५३५ पीसीआर र १२७ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएसँगै कुल मृत्यु संख्या ११ हजार ३१८ पुगेको छ । मन्त्रालयका अनुसार थप ७५८ जना संक्रमणमुक्त भएका छन् ।
यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ७ लाख ८४ हजार १५५ पुगेको छ । हाल मुलुकभर ११ हजार ५७९ सक्रिय संक्रमित छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij