Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

इसीडी शिक्षक र विद्यालय कर्मचारीको तलबबारे शिक्षा मन्त्रालयमा भयो यस्तो छलफल, तलबमानमा भने अझैं विभेद

इसीडी शिक्षक र विद्यालय कर्मचारीको तलबबारे शिक्षा मन्त्रालयमा भयो यस्तो छलफल, तलबमानमा भने अझैं विभेद


  • 19.0K
    Shares

    इसीडी शिक्षक र विद्यालय कर्मचारीको तलबबारे शिक्षा मन्त्रालयमा भयो यस्तो छलफल, तलबमानमा भने अझैं विभेद

    काठमाडौं । प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) र विद्यालय कर्मचारीले न्युनतम तलब नपाएको समस्याबारे शिक्षा मन्त्रालयमा छलफल भएको छ ।

    संघीय सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट भाषणमार्फत् इसीडी शिक्षक र विद्यालय कर्मचारीको मासिक तलब न्युनतम १५ हजार पुर्‍याउन स्थानीय तहलाई निर्देशन दिएको थियो ।

    बजेट भाषणमा न्युनतम तलब बढाउने सैद्धान्तिक कुरा आए पनि व्यवहारमा भने लागु भएको छैन ।  केही स्थानीय तहले सरकारको नीतिअनुसार तलब बृद्धि गरेका छन् भने कतिपय स्थानीय तहले सरकारको उक्त निर्देशन अटेर गर्दै तलब उपलब्ध गराएका छैनन् ।

    देशभरका हरेक पालिकामा इसीडी शिक्षक र विद्यालय कर्मचारी छन् । तर पालिकाहरूले दिने तलबमानमा भने उनीहरूमाथि विभेद भइरहेको छ ।

    केही पालिकाहरूले इसीडी शिक्षक र कर्मचारीलाई पुरा तलब दिइएको छ भने सीमा जोडिएको अर्को पालिकामा कम तलब छ । काठमाडौं उपत्यकाकै नगरपालिकाहरूले शिक्षकलाई बजेट भाषणमा भनेअनुसार तलब दिएका छैनन् ।

    शिक्षक र विद्यालय कर्मचारीले तोकिएअनुसारको तलब नपाएको गुनासो शिक्षा मन्त्रालयसम्म पुगेपछि शिक्षामन्त्री देवेन्द्र पौडेलले यसबारे चासो देखाएका हुन् ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव, सहसचिव, शिक्षा तथा मानवस्रोत विकास केन्द्रका महानिर्देशक र शिक्षक सेवा आयोगका पदाधिकारीहरूसँग मंगलबार मन्त्रालयमा भएको छलफलमा शिक्षामन्त्रीले इसीडी शिक्षक र विद्यालय कर्मचारीको तलबबारे चासो देखाएका हुन् । धेरै ठाउँमा उनीहरुले पुरा तलब नपाएको प्रति शिक्षामन्त्री पौडेलले चिन्त पनि व्यक्त गरेका थिए ।

    मन्त्रालय स्रोतका अनुसार शिक्षामन्त्री पौडेलले मन्त्रालयका सचिव, सहसचिवलाई तलबको अवस्थाबारे जानकारी गराउन निर्देशन दिएका छन् । 

    प्रकाशित मिति :कार्तिक ३ २०७८ बुधवार - १५:५५:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij