Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

तलब नपाएपछि इसीडी शिक्षक र विद्यालय कर्मचारी आन्दोलित, स्थानीय तह मौन

तलब नपाएपछि इसीडी शिक्षक र विद्यालय कर्मचारी आन्दोलित, स्थानीय तह मौन


  • 5.7K
    Shares

    तलब नपाएपछि इसीडी शिक्षक र विद्यालय कर्मचारी आन्दोलित, स्थानीय तह मौन

    काठमाडौं ।स्थानीय तहले तलब नदिएपछि प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) र विद्यालय कर्मचारी गत साउनदेखि निरन्तर आन्दोलनमा छन् ।

    आर्थिक वर्ष २०७८/७९ को बजेटमा संघीय सरकारले शिक्षक र विद्यालय कर्मचारीको न्युनतम मासिक तलब १५ हजार पुर्‍याउन निर्देशन दिएको थियो तर स्थानीय तहले संघीय सरकारको उक्त निर्देशन अटेर गरेका हुन् ।

    संघीय सरकारले उपलब्ध गराएको ८ हजार रूपैयाँमा ७ हजार थप गरी १५ हजार तलब दिनुपर्ने एक सूत्रीय माग राखेर शिक्षक र विद्यालय कर्मचारीले स्थानीय सरकारलाई ज्ञापनपत्र समेत बुझाएका छन् । ज्ञापनपत्र बुझाए पनि स्थानीय तह भने मौन रहेको शिक्षक र कर्मचारी बताउँछन् ।

    सिरहाको धनगढीमाई नगरपालिकाका शिक्षक र कर्मचारीले ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्र बुझाए पनि माग सम्बोधन नभएको शिक्षक पुनम यादव बताउँछिन् । ‘ज्ञापनपत्र बुझाउँदा तलब बढाउने आश्वासन दिए पनि अहिलेसम्म बढेको तलब पाएका छैनौं,’ उनी भन्छिन् । तर सिरहाकै औरही नगरपालिकाले भने शिक्षक र कर्मचारीलाई मासिक १५ हजार तलब दिएको छ ।

    त्यसैगरी सुनसरीस्थित इनरुवा नगरपालिकाले पनि शिक्षक र कर्मचारीलाई तलब दिएको छैन । गत असार २४ गतेदेखि शिक्षक र कर्मचारीले पालिकासमक्ष निरन्तर ध्यानाकर्षण गराउँदा पनि तलब नपाएको आन्दोलन समितिकी संयोजक सोनु राना मगरले जानकारी दिइन् ।

    उनीहरूले दसैँ अगाडि तेस्रो चरणसम्मको आन्दोलन गरेका थिए । दसैँका कारण आन्दोलन स्थगित भएको थियो । अब छिट्टै आन्दोलन सुरु गर्ने संयोजक मगरको भनाइ छ । ‘दसैँका कारण हामीले आन्दोलन स्थगित गरेका हौं,’ उनले भनिन्, ‘दसैँ सकियो । अब छिट्टौ सुरु गर्छौं ।’   

    भोजपुरको आमचोक गाउँपालिकाले पनि इसीडी शिक्षक र कर्मचारीलाई ८ हजार मात्रै तलब दिएको छ । संघीय सरकारले निर्धारण गरेको ८ हजार रुपैयाँ मात्रै पालिकाले दिएको हो ।

    स्याङ्जाको हरिनास गाउँपालिकाले भने  शिक्षक र विद्यालय कर्मचारीको तलब बढाएको छ । संघीय सरकारले उपलब्ध गराएको ८ हजार रूपैयाँमा थप गरेर गाउँपालिकाले इसीडी शिक्षकको मासिक तलब १६ हजार पुर्याएको छ । त्यस्तै कैलालीको घोडाघोडी नगरपालिकाले पनि शिक्षक र कर्मचारीलाई १५ हजार तलब दिएको छ ।

     

     

    प्रकाशित मिति :कार्तिक ३ २०७८ बुधवार - १३:३०:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij