Logo

२०८२ मंसिर १० गते बुधवार

२०८२ मंसिर १० गते बुधवार

पूर्व पत्नीको यस्तो घोषणाले नवविवाहित मनोज गजुरेललाई ठूलो झड्का

पूर्व पत्नीको यस्तो घोषणाले नवविवाहित मनोज गजुरेललाई ठूलो झड्का


  • 10.2K
    Shares

    पूर्व पत्नीको यस्तो घोषणाले नवविवाहित मनोज गजुरेललाई ठूलो झड्का
    images

    काठमाडौ । चर्चित हास्य कलाकार मनोज गजुरेलले दोस्रो विवाह गर्नुभएको केही दिन भइसकेको छ । आफन्त, साथी तथा शुभचिन्तकहरुमा सुस्खद जानकारी गराएको घोषणासहित उहाँले विहे गरेको जानकारी दिनुभएको थियो ।

    उहाँले नेपाल सरकारको न्याय सेवाकी अधिकृत मन्जु पोखरेलसँग दोस्रो विहे गर्नुभएको हो । घर परिवार, इष्टमित्र र दुबै तर्फका सन्तानहरुको सल्लाह अनुसार आफूहरुले विवाह गरेको उहाँको भनाई थियो ।

    उहाँको विवाहका तस्वीर बाहिर आएपछि पूर्व पत्नी मिना ढकाल रिसले आगो बन्नुभएको छ । उहाँले सामाजिक सञ्जालहरुमा विवाहपछि जथाभावी प्रतिक्रिया दिइरहनुभएको छ ।

    मनोजको विवाहपछि उहाँको प्रसंशकले मिनालाई तथानाम गरिरहेको भन्दै उहाँले एक घोषणा गर्नुभएको छ । उहाँको घोषणाले मनोज गजुरेललाई ठूलो झड्का लागेको छ ।

    मिनाले अहिलेसम्म अंशबण्डा समेत नभएको, कानूनी लडाई कुनैपनि नलडेको, मात्र पारपारचुके पेपरमा साईन मात्र गरेको खुलाउनुभएको छ । उहाँले मेडिकल काउन्सिल लगायतका संस्थाबाट मिनाको मानसिक स्वस्थ्यका बारेमा प्रश्न उठाएको सर्टिफिकेट गजुरेलले बनाएका कारण अब काउन्सिलमा गजुरेललाई उभ्याउने बताउनुभएको छ ।

    गजुरेलले छलकपटपूर्ण तरिकाले श्रीमतीको मानसिक स्वास्थ्य ठिक छैन भन्ने प्रमाणपत्र बनाएर दोस्रो विवाह गर्ने योजना धेरै पहिले देखि बनाएको बल्ल आएर आफूले बुझेको मिनाको भनाई छ ।

    उहाँले सामाजिक सञ्जाल टिकटकमा नै आएर अब तिमीहरुका कलाकारलाई कसरी कानूनी कठघरामा उभ्याउँछु हेर्दै गर भन्दै चुनौती समेत दिनुभएको छ । उहाँले भन्नुभएको छ मात्र एउटा साईन मात्र गरेकी थिए । छोरा छोरीका लागि भनेर कुनै कानूनी लडाई लडेकी थिइन । अब मनोज छोरा छोरीका बाउ रहनुभएन ।

    अब छोराछोरी मैले राख्नुपर्ने अवस्था आएको देखियो । यसैले अब म कानूनी लडाई लड्छु । उहाँले अब केही दिनमा सत्यलाई प्रमाणित गरेर देखाईदिने दावी समेत गर्नुभएको छ । विवाहपछिपनि आफू चुप लागेको भएपनि गजुरेलका प्रशंसककै कारण अब कानूनी लडाईमा जाने मनस्थितीमा आफू पुगेको बताउनुभयो ।

    उहाँले भन्नुभयो हेटरहरु तिमीहरु भुक्दै गर जति भुक्छौ भुक म त चुपचाप थिए । तर अब तिमीहरुकै कारण म कानूनी लडाई लड्ने निर्णयमा पुगे । अब तिमीहरुको प्रिय कलाकारलाई मेडिकल काउन्सिल लगायतका निकायमा कसरी उभ्याउँछु हेर्दै जानु ।

    मुलुकी अपराध संहिता २०७४ को दफा १७५ को ३ बमोजिम पति पत्नी कानून बमोजिम अंश बण्डा गरी भिन्न भएमा त्यस्तो पुरुष वा महिलाले पुनः विवाह गर्न पाउँनेछन् भन्ने कानूनी व्यवस्था छ । यस्तो अवस्थामा पारपारचुके नभएपनि विवाह गर्न छुट छ । तर जहाँसम्म जानकारी बाहिर आएको छ उहाँहरुबीच त पारपारचुके समेत भइसकेको छ ।

    अझ लोकले नै थाहा पाइसकेको कुरा के हो भने केही बर्षदेखि अंश लिएर चित्त बुझाएर मिना र गजुरेल भिन्न बस्नुभएको छ । यो अवस्थामा नेपालको कानूनले गजुरेललाई विवाह गर्न दिन्छ ।

    उहाँ जति ईश्र्यामा जलेपनि गजुरेलले गैर कानूनी काम भने गर्नुभएको देखिन्न । बरु मिनाले वितेको जीवन नखोतलेर आफूले समेत शान्तिसँग जीवन विताए सबैको भोलो हुने सुझाव दिन सकिन्छ ।

     

    प्रकाशित मिति :कार्तिक २ २०७८ मंगलवार - १९:२१:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij