Logo

२०८२ मंसिर १० गते बुधवार

२०८२ मंसिर १० गते बुधवार

हवाई भाडादर ५० प्रतिशतले घट्यो, कहाँको कति ? (सूचीसहित)

हवाई भाडादर ५० प्रतिशतले घट्यो, कहाँको कति ? (सूचीसहित)


  • 24.2K
    Shares

    हवाई भाडादर ५० प्रतिशतले घट्यो, कहाँको कति ? (सूचीसहित)
    images

    काठमाडौ । सधैँ बढाइरहेका विमान कम्पनीहरुहरु मध्येको धेरै जहाज भएको विमान कम्पनीले हवाई भाडादर घटाएको छ ।

    नेपालमा विदेशी नागरिकले तिर्नुपर्ने हवाई भाडादर बुद्ध एयरले घटाएको हो । बुद्ध एयरले जनवरी २०२२ बाट लागु हुने गरी डलर फेयर घटाउने निर्णय गरेको हो । कम्पनीका अनुसार डलर फेयर करीव ५० प्रतिशत हाराहारी घटाउने निर्णय भएको हो ।

    यसले पर्यटक आकर्षित गर्न सहयोग पुग्ने अपेक्षा समेत कम्पनीले लिएको छ । नेपालमा पर्यटन व्यवसायीले डलर फेयर हटाउनु पर्ने माग गरिरहेका थिए ।

    सरकारले समेत डलर फेयर हटाउने प्रयास गरे पनि सफल भने हुन सकेको छैन । कम्पनीका सेल्स एण्ड मार्केटिङ निर्देशक रुपेश जोशीले सुस्ताएको पर्यटन व्यवसायलाई पुनजिर्वित गर्न यो निर्णय महत्वपूर्ण सावित हुने अपेक्षा गरिएको छ ।

    कम्पनीका अनुसार काठमाडौंबाट पर्यटकका लागि सबैभन्दा व्यस्त रुट पोखरामा अब विदेशीलाई लिइने १०६ डलरबाट ६५ अमेरिकी डलरमा झारिने भएको छ ।

    यस्तो हुनेछ परिमार्जित भाडादर

    काठमाडौं–पोखरा : ६५ डलर
    काठमाडौं–विराटनगर : ७६ डलर
    काठमाडौं–जनकपुर : ४२ डलर
    काठमाडौं–सिमरा : ३० डलर
    काठमाडौं–भैरहवा : ६५ डलर
    काठमाडौं–धनगढी : १३८ डलर
    काठमाडौं–नेपालगन्ज : १०२ डलर
    काठमाडौं–भद्रपुर : ९४ डलर

    प्रकाशित मिति :कार्तिक २ २०७८ मंगलवार - १७:४६:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij