Logo

२०८२ मंसिर १० गते बुधवार

२०८२ मंसिर १० गते बुधवार

भारी वर्षापछि आएको पहिरोमा पुरिएर १७ जनाको मृत्यु, मृत्यु हुनेमा तीन नेपाली पनि

भारी वर्षापछि आएको पहिरोमा पुरिएर १७ जनाको मृत्यु, मृत्यु हुनेमा तीन नेपाली पनि


  • 4.1K
    Shares

    भारी वर्षापछि आएको पहिरोमा पुरिएर १७ जनाको मृत्यु, मृत्यु हुनेमा तीन नेपाली पनि
    images

    काठमाडौँ । भारतको उत्तराखण्डमा भारी वर्षापछि आएको बाढी पहिरोमा कम्तिमा १७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन नेपाली पनि छन् । तीन दिनदेखि परेको भीषण वर्षापछिको बाढी र पहिरोमा केही मानिस हराइरहेका छन् । बाढीले सडक, भवन र पुलमा ठूलो क्षति पुर्‍याएको छ भने पर्यटकहरु बिचल्लीमा परेका छन् ।

    पाउरी जिल्लामा वर्षापछिको पहिरोमा बगेर मृत्यु भएका पाँच जनामध्ये तीन नेपाली श्रमिक रहेको जिल्ला म्याजिस्ट्रेट विजय कुमारले भारतीय समाचार संस्था एनडीटीभीलाई बताए । उत्तराखण्डमा अझै केही दिन वर्षा हुने भारतको जलबायु तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    नेपालमा कहिलेदेखि आउँछ मौसममा सुधार ? यसो भन्छन मौसमविद
    बंगालको खाडी र मध्य भारतमा रहेको न्यूनचापीय प्रणालीमा पश्चिमी वायु प्रणालीको बलियो प्रभाव थपिएपछि दुई दिनदेखि देशभर देखिएको मौसमी प्रभाव बिहीबारदेखि कमजोर बन्दै जाने मौसमविद्हरुले आकलन गरेका छन् ।

    ‘पर्सिदेखि क्रमिक रुपमा मौसममा सुधार आउँछ,’ जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् सजिना शाक्यले भनिन्, ‘आज र भोलि भने धेरै स्थानमा मौसम यस्तै रहन्छ ।

    ’महाशाखाका अनुसार बंगालको खाडी हुँदै आएको यो प्रणालीको बढी असर सूदूर पश्चिम प्रदेशमा देखिएको छ । सूदूरपश्चिममा दुई दिनअघि नै यो प्रणाली भित्रिएको थियो । प्रणाली भित्रिएसँगै सूदूरपश्चिमका विभिन्न स्थानमा भारी वर्षा भएको छ ।

    वर्षाका कारण सेती, महाकालीलगायतका नदीमा बाढी आएको छ भने नदीले कटानसमेत गरेको छ । सूदूरपश्चिमका हिमाली जिल्लाहरुमा समेत भारी वर्षा भएपछि बाढी र पहिरो निम्तिएको छ ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार देशभरका मानव सञ्चालित र स्वचालित सबै वर्षा मापन केन्द्रमा वर्षा रेकर्ड भएको छ । मनसुनपछि पनि केही स्थानमा आरीघोप्टे वर्षा भएको छ ।

    हिमाली क्षेत्रमा हिमपातसमेत भएको छ । बाक्लो हिमपातको सम्भावना भएकाले पदयात्रा नगर्न मौसमविद्हरुले सुझाएका छन् । सूदूरपश्चिमको डडेलधुरामा २४ घण्टामा मनसुन अवधिमाजस्तै वर्षा भएको छ । डडेलधुरामा २२०, दिपायलमा १८७।५, धनगढीमा १४०।२ मिमि वर्षा रेकर्ड भएको छ ।

    प्रदेश १ का केही स्थानमा पनि भारी वर्षा भएको छ । सूदूरपश्चिम, कर्णाली, लुम्बिनी र वाग्मती प्रदेशका केही स्थानमा अझै भारी वर्षाको सम्भावना भएकाले सचेत रहन विभागले सूचित गरेको छ । कतिपय नदीमा जल सतह बढेको र अझै बढ्न सक्ने भएकाले सतर्कता अपनाउन ध्यानाकर्षण गराइएको छ ।

    विभागले गत साता नै मुलुकबाट मनसुन बाहिरिएको घोषणा गरेको थियो । मौसमविद्हरुले भने अहिलेको मौसमी प्रणालीलाई मनसुनपछिको मौसमी गतिविधि भनेका छन् । धानबाली भित्र्याउने समयमा भारी वर्षा भएपछि देशभरका किसान मर्कामा परेका छन् ।

    विगत विश्लेषण गर्दै विभाग
    जलतथा मौसम विज्ञान विभागले विगतका अक्टोबर महिनामा भएका चरम मौसम ९एक्स्ट्रिम वेदर० बारे विश्लेषण सुरु गरेको छ । ‘अघिल्ला वर्षहरुमा यो महिनामा यस्तो मौसम कहिले कहिले थियो भनेर हामीले तथ्य केलाइरहेका छौं,’ विभागकी वरिष्ठ मौसमविद् इन्दिरा कँडेलले भनिन् ।

    जलवायु परिवर्तनसम्बन्धी विभिन्न वैज्ञानिक अध्ययनहरुले पनि केही वर्षयता वर्षाको चरित्र बदलिएको र चरम मौसमी गतिविधिहरु बढेको उल्लेख गरेका छन् । यो वर्षको मनसुनमा पनि विभिन्न स्थानमा आरीघोप्टे वर्षा भएको थियो र त्यसले ठूलो क्षति निम्त्याएको थियो ।

    प्रकाशित मिति :कार्तिक २ २०७८ मंगलवार - १७:२८:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij