२०८२ मंसिर १० गते बुधवार
काठमाडौं । सिन्धुपाल्चोक केन्द्रविन्दु भएर पुन: दुईवटा भूकम्पको परकम्प गएको छ। जिल्लाको हगाम केन्द्रविन्दु भएर आज तीन मिनेटको अन्तरमा दुईवटा परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
केन्द्रका अनुसार आज दिउँसो ३:२० बजे ४.१ र ३:२३ बजे ४.०१ रेक्टरस्केलको भूकम्प गएको हो। यसअघि आजै दिउँसो सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दु भएर दुईवटा परकम्प गएका थिए।
दिउँसो १ बजेर ४६ मिनेट र १ बजेर ५६ मिनेट जाँदा समान ४.६ रेक्टरस्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
यो नयाँ भूकम्प नभइ गोरखा भूकम्पकै परकम्प भएको केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले जानकारी दिए। यसअघि आइतबार बिहान गोरखाको मानबु आसपास केन्द्रविन्दु भएर ४.३ रेक्टर स्केलको परकम्प गएको थियो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij