२०८२ मंसिर १० गते बुधवार
कर्णालीमा बुधबार सार्वजनिक बिदा हुने भएको छ। असोज शुक्ल पूर्णिमाको अवसरमा कर्णाली प्रदेश सरकारले बिदा दिएको हो।
सो दिन प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था र बैँक तथा वित्तीय संस्था बन्द रहने आन्तरिक मामिला तथा कानून मन्त्रालयका अधिकृत रोशनबहादुर शाहीले जानकारी दिए ।
कात्तिक ३ गते दसैंको अन्तिम दिन अर्थात कोजाग्रत पूर्णिमा पनि हो। कोजाग्रत पूर्णिमाका दिन कर्णाली प्रदेशका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरुमा मेला लाग्ने गर्छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij