Logo

२०८२ मंसिर ११ गते बिहिवार

२०८२ मंसिर ११ गते बिहिवार

पूर्वमन्त्री जोशी एकीकृत समाजवादीमा

पूर्वमन्त्री जोशी एकीकृत समाजवादीमा


  • 3.4K
    Shares

    पूर्वमन्त्री जोशी एकीकृत समाजवादीमा
    images

    नेकपा (एमाले)का केन्द्रीय सदस्य एवं पूर्वमन्त्री भानुभक्त जोशी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)मा प्रवेश गर्नुभएको छ ।

    यहाँ आज आयोजित कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जोशीलाई स्वागत गर्दै एमाले नेतृत्व श्वेच्छाचारी भएका कारण उक्त पार्टीबाट विद्रोह गरी यो पार्टी स्थापना गरिएको बताउनुभयो । 

    उहाँले जोशीलाई स्थायी कमिटी सदस्यमा मनोनित गर्न बैठकमा प्रस्ताव गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । पूर्व प्रधानमन्त्री नेपालले आफ्नो पार्टीले लोकतन्त्र र संविधानको रक्षा गरी क्रान्तिकारी धारलाई सशक्तरुपमा अगाडि बढाउने बताउनुभयो ।उहाँले मुलुकको विकास र समृद्धिका लागि समाजवाद स्थापना गर्नुपर्नेमा पनि जोड दिनुभयो ।  सो पार्टीको स्थायी कमिटीको सातौँ बैठक आज बस्दै छ । 

    प्रकाशित मिति :आश्विन २१ २०७८ बिहिवार - १६:२१:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij