Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

१४ मंसिरदेखि सानिमा बैंकले सधैंका लागि बन्द गर्दै इन्टरनेट बैंकिङ सेवा

१४ मंसिरदेखि सानिमा बैंकले सधैंका लागि बन्द गर्दै इन्टरनेट बैंकिङ सेवा


  • 2.3K
    Shares

    १४ मंसिरदेखि सानिमा बैंकले सधैंका लागि बन्द गर्दै इन्टरनेट बैंकिङ सेवा

    काठमाडौं । सानिमा बैंकले आगामी १४ मंसिरदेखि आफ्नो इन्टरनेट बैंकिङ सेवा सधैंका लागि बन्द गर्ने भएको छ ।

    मोबाइल बैंकिङ र डिजिटल भुक्तानीका अन्य माध्यमको प्रयोग बढेसँगै इन्टरनेट बैंकिङका सक्रिय प्रयोगकर्ता उल्लेख्य रूपमा घटेपछि बैङ्कले यो सेवा बन्द गर्ने निर्णय गरेको हो ।

    पछिल्लो समय नेपाल क्लियरिङ हाउस अन्तर्गतको कनेक्ट आईपीएस र मोबाइल बैंकिङ जस्ता विकल्पहरू लोकप्रिय बन्दै गएका छन् । ग्राहकले यी माध्यमबाटै सहज रूपमा बैंकिङ कारोबार गर्न थालेपछि अतिरिक्त सञ्चालन खर्च गरेर इन्टरनेट बैंकिङ सेवा दिइराख्नु आवश्यक नदेखिएको बैङ्कले जनाएको छ ।

    notice-Sanima-1764227005 (1).jpg

    प्रकाशित मिति :मंसिर ११ २०८२ बिहिवार - १४:०१:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij