२०८२ मंसिर ११ गते बिहिवार
ज्योति लाइफ इन्स्योेरेन्स कम्पनी लि. का संचालक श्री जयन्तकुमार अग्रवाल शिक्षा र स्वास्थ्य क्षेत्र अन्तर्गत सामाजिक कार्यमा सक्रिय गैरनाफा मूलक संस्था राउण्ड टेबल नेपालको तर्फबाट राउण्ड टेबल इन्टरनेशनलको उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको छ ।
वहाँ उक्त पदमा निर्वाचित हुने पहिलो नेपाली हुनुहुन्छ । अग्रवालले राउण्ड टेबल इन्टरनेशनलको उपाध्यक्षको कार्यकाल समाप्तीपछि राउण्ड टेबल इन्टरनेशनलका अध्यक्षका रुपमा कार्य गर्नुहुनेछ ।
राउण्ड टेबल संसारको ६८ देशहरुमा क्रियाशील संस्थाहो । अहिलेसम्म राउण्ड टेबल नेपालले ३४८ कक्षा कोठासहित ५८ वटा विद्यालय निर्माण गरिसकेको छ । यस संस्थाको उद्देश्य युवाहरुलाई सक्रिय बनाउने र सामाजिक कार्यका लागि प्रेरित गर्ने रहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij